Oct 02 2026 | २०८३, आश्विन १६ गते

दिक्तेल बहुमुखी क्याम्पसले पायो क्युएए मान्यता

दिक्तेल बहुमुखी क्याम्पसले पायो क्युएए मान्यता

  • 631
    SHARES

  • दिक्तेल बहुमुखी क्याम्पसले पायो क्युएए मान्यता

    माघ, १७ दिक्तेल । खोटाङको दिक्तेल बहुमुखी क्याम्पसले बिश्वबिद्यालय अनुदान आयोग क्वालिटी एसुरेन्स एन्ड एक्रेडिटेसन- क्युएए (QAA)मान्यता पाएको छ। बि.सं. २०७१ देखि प्रयास थालेको उक्त क्याम्पसले यस बर्षदेखि QAA मान्यता प्राप्त गरेको हो।

    Screenshot_20240130-102811_Facebook.jpg

    बिश्वबिद्धालय अनुदान आयोगको २०८० पुस ९ गते बसेको बोर्डको बैठकले गरेको निर्णय अनुरुप क्याम्पसलाई माघ १० गते क्युएए प्रमाणपत्र प्रदान गरेको दिक्तेल बहुमुखी क्याम्पसका प्रमुख हिरा कुमार राई ले बताउनुभयो ।

    QAA मान्यता दिन बिश्वबिद्धालय अनुदान आयोगको Educational Quality Assurance and Accreditation Council Pure Review टिमले गत जेठ २८ देखि असार १ गते सम्म क्याम्पसमा फाइनल एसेसस्मेन्ट गरेको थियो। २०३७ सालमा स्थापित भएको दिक्तेल बहुमुखी क्याम्पसले क्युएए मान्यता पाए संगै उच्व्ह क्वालिटिको शिक्षा प्रदान गर्न योग्य भएको छ।

    FB_IMG_1706589826985.jpg

    दिक्तेल बहुमुखी क्याम्पसले त्रिभुवन बिश्वबिद्धालय बाट सम्बन्धन लिएर २०७० साल देखि स्नातकोत्तर अध्ययन अध्यापन गराउदै आएको छ। उक्त क्याम्पस जिल्लाकै जेठो शैक्षिक संस्था मानिन्छ भने यहाँ भोजपुर बाट समेत विद्यार्थीहरु पढ्न आउने गरेको छन।

     

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार