मंगलवार, माघ १६ २०८०
माग,१६ गते काठमाडौँ । नेपाल सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा थप तीन महिनाका लागि प्राडा. शिवलाल भुसाललाई नियुक्त गरेको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप तीन महिना विश्वविद्यालयको जिम्मेवारी दिनेगरी उपकुलपतिमा नियुक्त गरेका हुन् ।
यसअघि २०८० कार्तिक १६ गते तत्कालीन उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि सरकारले कार्तिक १७ गते तत्कालीन शिक्षाध्यक्ष प्राडा भुसाललाई तीन महिनाका लागि उपकुलपतिमा नियुक्त गरेको थियो । भुसालको तीन महिने मायाद सकिन१ दिन बाँकी रहदा सरकारले थप तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएको निमित्त शिक्षाध्यक्ष प्रा भार्गव धितालले बताए ।
नयाँ उपकुलपति नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन भएको र थप केही समय लाग्ने भएकोले भुसालको नियुक्ति तीन महिना थपिएको छ। खुला प्रतिस्पर्धाबाट उपकुलपतिको लागि ४३ जनाले आवेदन दिएका छन् । अहिले आवेदनकर्ताहरूको मूल्यांकनको कार्य भइरहेको छ । उपकुलपति छनोट तथा सिफारिसको लागि सरकारले सरकारले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको नेतृत्वमा समिति गठन गरेको छ।