Oct 03 2026 | २०८३, आश्विन १७ गते

सुदूरपश्चिम बिश्वबिद्धालयको उपकुलपतिको लागि आवेदन माग। (सूचना सहित)

सुदूरपश्चिम बिश्वबिद्धालयको उपकुलपतिको लागि आवेदन माग। (सूचना सहित)

  • 969
    SHARES

  • सुदूरपश्चिम बिश्वबिद्धालयको उपकुलपतिको लागि आवेदन माग। (सूचना सहित)

    काठमाडौँ /२६ माघ – सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आवेदन माग गरेको छ ।

    विश्वविद्यालयको रिक्त हुने उपकुलपति पदमा नियुक्तिका लागि माघ २५ मा स्वीकृत “सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०“ बमोजिम दरखास्त आव्हान गरेको हो । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपनिको पदावधि फागुन दोस्रो हप्ता सकिँदैछ। 

    इच्छुक तथा योग्य व्यक्तिले १० दिन भित्र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट  www.moest.gov.np तथा विश्वविद्यालय अनुदान आयोगको वेबसाइट www.ugcnepal.edu.np मा कार्यविधिमा उल्लेखित कागजातसहित अनुसूचीमा रहेको दरखास्त ढाँचामा पेश गर्नु पर्ने छ ।

    Screenshot_20240209-071946_Facebook.jpg

    images
    शुक्रवार, माघ २६ २०८००७:३०:१५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार