Oct 02 2026 | २०८३, आश्विन १६ गते

उपकुलपति उमेदवार: प्राध्यापकको फेक डकुमेन्ट पेस गर्ने देखी बौद्धिक चोरिको आरोप लागेका सम्म

उपकुलपति उमेदवार: प्राध्यापकको फेक डकुमेन्ट पेस गर्ने देखी बौद्धिक चोरिको आरोप लागेका सम्म

  • 752
    SHARES

  • उपकुलपति उमेदवार: प्राध्यापकको फेक डकुमेन्ट पेस गर्ने देखी बौद्धिक चोरिको आरोप लागेका सम्म

    माघ, २९ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयको उपकुलपति नियुक्तिको लागि सर्ट् लिस्ट सार्वजनिक भएसंगै उमेदवार र छनोट भएका ब्यक्तिहरुमाथी प्रश्न उठ्न थालेको छ। उपकुलपति छनोट समितिले आवेदन दिएका कुल ४३ जना बाट १४ जनाको नामावली सर्ट लिस्टमा सार्वजनिक गरेपछी उनिहरुको बारे बहस र प्रश्न उठ्न थालेको हो।

    त्रिविको उपकुलपतिका लागि आवेदन दिएका मध्य एकराज ओझा प्राध्यापक नरहेको पाइएपछि उनको आवेदन नै खारेज भएको छ। सोमबार संसदको शिक्षा समितिको बैठकमा शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले ओझाको आवेदन खारेज गरिएको बताए । 

    सचिव अधिकारीका अनुसार ओझाको आवेदन खारेज गरेपछि ४२ जनाको मात्र नाम स्वीकृत गरिएको बताए । उनले ४२ जनामध्येबाट १४ जनाको मात्र नाम सर्ट लिस्टमा निकालिएको उनले बताए । सचिव अधिकारीका अनुसार १४ जनाको प्रस्तुतिकरण आजदेखि सुरु भएको छ ।

    त्यसैगरी ४२ जनाबाट छनोट भएका १४ जनामा पर्ने पुर्व उपकुलपति तिर्थ खनियामाथी बौद्धिक चोरीको आरोप लागेको छ। सोमबारको बैठकमा संसदहरुले प्रश्न उठाउदै खनियाँमाथी यस्तो आरोप लागेको हो। बौद्धिक चोरिको आरोप लागेपछि उपकुलपति छनोट समितिका सदस्य तथा शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले उनको बारे पुनर्विचार हुने भन्दै बौद्धिक चोरीका विषयमा सिफारिस समितिमा छलफल गर्ने सचिव अधिकारीले बताए । 'बौद्धिक चोरीको विषयमा पुनर्विचार हुन्छ । यो विषय समितिमा लैजान्छु,' सचिव अधिकारिले भने।

    यसअघि समेत उनलाई पटक पटक यस्तो आरोप लागेको तरपनि राजनितिक आडकै कारण उनि एकपटक उपकुलपति समेत भइसकेका छन।

    सर्ट लिस्टमा परेकाहरूको प्रस्तुतिकरण २९ माघदेखि फागुन २ गतेसम्म गर्ने कार्यतालिका छ । अन्तर्वार्तापछि तीन जनाको नाम कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरिनेछ । तीन जनामध्ये एक जनालाई कुलपति प्रचण्डले उपकुलपतिमा नियुक्त गर्नेछन् ।

    गत २३ पुसमा छनाेट तथा सिफारिस समितिले १५ दिनको समय दिएर त्रिविको उपकुलपतिका लागि आवेदन मागेको थियो ।

     

    images
    सोमवार, माघ २९ २०८००५:२४:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार