Oct 02 2026 | २०८३, आश्विन १६ गते

आइतबार अन्तरबार्ता

आइतबार अन्तरबार्ता

  • 557
    SHARES

  • आइतबार अन्तरबार्ता

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आइतबार अन्तर्वार्ता हुने भएको छ । निकै चर्चाको बिच खुला प्रतिस्पर्धा बाट उपकुलपति नियुक्तिको लागि गठन भएको छनोट तथा सिफारिस समितिले सर्ट लिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता यही फागुन ६ गते (आइतबार) लिन लागेको हो ।

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवारमा हुने अन्तर्वार्ता आइतबार बिहान ८ः३० बजेदेखि सुरू हुने समितिले जनाएको छ । विज्ञ र छनोट समितिका सदस्यहरूले अन्तर्वार्ता लिने छन् । साथै उम्मेदवारहलाई बढीमा आधा घण्टाको समय दिएर अन्तर्वार्ता लिइने समितिले जनाएको छ ।

    त्रिविको उपकुलपतिको लागि ४३ जनाले आवेदन दिएका थिए । जसमा १४ जना सर्ट लिष्टमा परेका थिए । प्रस्तुतिकरण र अन्तर्वार्ताको मूल्यांकनको आधारमा समितिले बढी अंक प्राप्त गर्ने तीन जनाको नाम उपकुलपतिका लागि कुलपतिसमक्ष पेश गर्नेछ ।

    Screenshot_20240216-083405_Facebook.jpg

    images
    शुक्रवार, फाल्गुण ४ २०८००८:३९:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार