आइतवार, फाल्गुण ६ २०८०
फागुन, ६ गते काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आज अन्तर्वार्ता हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले उपकुलपतिका लागि आज अन्तर्वार्ता हुने भएको बताएको हो।
अन्तर्वार्ता आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा अन्तर्वार्ता हुनेछ । सिफारिस समितिले सर्ट लिस्टमा परेका १४ जना उम्मेदवारबाट सोचपत्र र व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण लिएको थियो ।