Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिवि उपकुलपति पदमा प्रा.डा. केशरजंग बराल नियुक्त

त्रिवि उपकुलपति पदमा प्रा.डा. केशरजंग बराल नियुक्त

  • 840
    SHARES

  • त्रिवि उपकुलपति पदमा प्रा.डा. केशरजंग बराल नियुक्त

    फागुन, १० गते काठमाडौँ। त्रिभुवन बिश्वबिद्यालयको २०औं उपकुलपतिमा प्रा.डा. केशरजंग बराललाई नियुक्त गरेको छ । नेपालको ईतिहाँसमा खुला प्रतिस्पर्धाबाट नियुक्ति प्रक्रिया अवलम्बन गरि सर्ट लिस्ट गरिएको तीनजना मध्यबाट प्रा. डा. केशरजंग बराललाई नियुक्त गरेको हो।

    यसअघि त्रिभुवन बिश्वबिद्धालय उपकुलपति छनोट तथा सिफारिस समितिले सर्ट लिस्टमा परेका १४ जना मध्येबाट प्रा.डा. चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बरालको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो।

    प्रधानमन्त्री बिश्वबिद्यालयका कुलपति दाहालले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८(२) अनुसार आज प्रा.डा. केशरजङ्ग बराललाई उपकुलपतिमा नियुक्त गर्नुभएको छ। प्रधानमन्त्री दाहालले तीन जनाको नाम सिफारिस गर्दा ‘मेरिटोक्रेसी’ पालना भए/नभएको बारेमा अध्ययन गर्नुभएको थियो। त्यसलगत्तै शिक्षामन्त्री राई एवं शिक्षा सचिव सुरेश अधिकारीसँग छलफल गरेर बराललाई उपकुलपतिमा नियुक्ति गरेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

     प्रा.डा. बाराल पोखरा विश्वविद्यालयको पूर्व उपकुलपति समेत भैसकेका छन।

    २०१४ सालमा पाल्पामा जन्मिएका केशरजंग बराल २०३९ सालदेखि नेपालको उच्च शिक्षामा सक्रिय रहेका छन् । उनले २०३९ सालमा विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसबाट प्राध्यापन पेसा सुरु गरेका थिए । त्यसपछि उनी २०४१ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा सरुवा भएर आए ।

    भारतमा अध्ययन सकेर नेपाल फर्केका बरालले विश्व बैंकको हायर एजुकेसन (उच्च शिक्षा) भन्ने प्रोजेक्टमा कन्सल्टेन्ट भएर काम गर्ने मौका पाए । उनले पोखरा क्याम्पसमै हुँदै उक्त मौका पाएका थिए । त्यसपछि उनले एसियन डेभ्लपमेन्ट बैंकको प्रोजेक्टमा फाइनान्स एडभाइजर भएर समेत काम गरे । त्यहाँ उनले साढे तीन वर्ष काम गरेका थिए । त्यसपछि उनी पुनः क्याम्पसमै फर्केर अध्यापनतिर लागे । 

    क्याम्पसमा उनी वित्त शास्त्रको विभागीय प्रमुख भएर काम गरे । त्योसँगै उनले अनुसन्धान विभागको पनि प्रमुख भएर काम गरे । त्यही बेला उनी व्यवस्थापन संकायको वित्तशास्त्र विशेष समितिको सदस्य समेत भए । र पछि त्यसको स्थायी समितिको सदस्य भएर काम गरे । त्यसपछि उनी त्रिभुवन विश्वविद्यालयको विद्या परिषद्को फेकल्टी बोर्डका सदस्यमा नियुक्त भए । 

    पोखरामा स्थापना हुने चर्चामा रहेको पोखरा विश्वविद्यालयको सुरुवाती समयदेखि नै उनी सक्रिय थिए । पोखरा विश्वविद्यालयको स्थापनाकालदेखि नै उनी व्यवस्थापन विशेष समितिको सदस्य भएर काम गरे । त्यसपछि २०६४ सालमा सरकारले उनलाई पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्‍यो । र उनले चार वर्षे कार्यकाल सम्पन्न गरेर २०६८ सालमा बिदा भए ।

    पोखरा विश्वविद्यालयको भिसी भएर आफ्नो कार्यकाल पुरा गरेसँगै उनी पुनः त्रिभुवन विश्वविद्यालयमै फर्किए । त्यसपछि उनी अमेरिका गए । अमेरिकामा उनी पढाउन गएका थिए । र २०६८ सालमा नेपाल फर्किए र त्रिविमा पढाउन थाले । २०६४ देखि २०६८ सालमा विश्वविद्यालय अनुदान आयोगको बोर्ड मेम्बर पनि भएर काम गरे । त्रिविको व्यवस्थापन संकायको अनुसन्धान समितिको सदस्य भएर काम गरे । त्यसपछि २०६९ सालमा उनी भिजिटर प्रोफेसरको रूपमा पढाउन चीन गए । त्यहाँ एक वर्ष पढाए । र त्यसपछि नेपाल फर्किए । नेपाल फर्केर त्रिविमा नै पढाउन थाले र २०७७ सालमा त्रिविबाट सेवानिवृत्त भए । 

    सरकारले गठन गरेका विभिन्न आयोग तथा समितिमा समेत रहेका काम गरेको अनुभव बरालसँग छ । त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयबिच विवाद बढेको थियो । उक्त विवाद समाधान गर्न शिक्षा मन्त्रालयले उच्चस्तरीय समिति गठन गरेको थियो । बरालले उक्त समिति समस्या भएर समेत काम गरे । 

    अहिले उनी विश्वविद्यालय अनुदान आयोगको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्मा विशेषज्ञको रूपमा काम गर्दै आएका छन् । साढे दुई वर्षदेखि उनी विज्ञको रूपमा काम गर्दै आएका हुन् । उनले अहिले त्रिविको व्यवस्थापन संकायको पीएचडीका विद्यार्थीलाई पढाउँदै आएका छन् । त्यस्तै पोखरा विश्वविद्यालयका पीएचडीका विद्यार्थीलाई समेत सहजीकरण गर्दै आएका छन् । २०३९ सालदेखि नेपालको उच्च शिक्षामा निरन्तर सक्रिय रहेका उनी कुनै पनि निजी क्याम्पसमा भने छैनन् ।

     

    images
    बिहिवार, फाल्गुण १० २०८००५:५१:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार