Oct 03 2026 | २०८३, आश्विन १७ गते

द सनसाइन स् २७औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

द सनसाइन स् २७औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

  • 1.5K
    SHARES

  • द सनसाइन स् २७औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

    फागुन, १२ गते काठमाडौ । द सनसाइन स्कुल/कलेजले आफ्नो २७औं बार्षिक उत्सव तथा अभिभावक दिवस २०८० कार्यक्रम सम्पन्न गरेको छ। शनिवार एक भव्य कार्यक्रमका बिच बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको हो।

    20210517164157_IMG_5918.JPG

    उक्त कार्यक्रम कलेजका अध्यक्ष बिष्णुप्रसाद भण्डारीको सभापतित्वमा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको सहभागी रहेको थियो। कार्यक्रममा प्राचार्य बाबुराम गौतम, काठमाडौ महानगरपालिका वडा १५ का अध्यक्ष इश्वरमान डंगोल, काठमाडौ जिला समन्वय इकाइ प्रमुख : बिचारी प्रसाद अधिकारी, श्रष्टा डा.जगमान गुरुङ्, लायन्स क्लवका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, काठमाडौ महानगर प्याब्सन अध्यक्ष ज्ञानबहादुर श्रेष्ठ, सानका अध्यक्ष दिलिप रेग्मी, चन्द्र केसी, लगाएत विभिन्न स्कुल कलेजा प्रिन्सिपल, कोर्डिनेटर, सामाजिक क्षेत्रमा कामगर्ने ब्याक्तित्वहरु लगाएत अभिभावक , तथा शिक्षक विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

    20210517170454_IMG_5953.JPG

    द सनसाइन स्कुल कलेजले उक्त कार्यक्रममा बिभिन्न ब्याक्तित्वहरुलाइ सम्मान गर्ने क्रममा धर्म, संस्कृति, भाषा, साहित्य, कला र वास्तुकलाको समुचित संरक्षण र सम्बर्द्धन लागि अतुलनीय योगदान गर्ने श्रष्टा डा.जगमान गुरुङ्लाई सम्मान गरेको थियो।

    20210517170436_IMG_5951.JPG

    कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विद्यार्थीहरुले सुन्ने बानिको बिकास गर्नुपर्ने बताउनुभयो। विद्यार्थीहरुले बोलेको सुन्नुपर्छ, सुन्ने मानिसले धेरै कुरा सिक्ने अवसर प्राप्त गर्ने भविष्यमा सफल हुने बताउनुभयो । साथै उहाँले शिक्षकहरुले विद्यार्थीको मनोबिज्ञान अनुरुप सिकाउनुपर्ने बताउनुभयो ।

    20210517180258_IMG_6031.JPG

    नेपालको शिक्षामा केही त्रुटिहरु छन, नेपालले भन्नुभयो, शिक्षाका विषयमा भएको संविधानको व्यवस्था सच्याउनु पर्छ। शिक्षाको काम असल, नैतिक र देशभक्ति पुर्ण नागरिक निर्माण गर्ने हो। हाम्रा कानुनी ब्यबस्थामा त्रुटीहरु छन। नेपालले भन्नुभयो, 'त्यसलाइ हामी सच्याएर जान्छौ।' साथै नैतिक शिक्षालाई विद्यालय तहदेखि पढाउनु पर्ने भन्दै उहाँले स्थानीय तहले पाठ्यक्रम निर्धारण गर्ने व्यवस्थालाई सच्याउनु पर्ने बताउनुभयो।

    20210517184417_IMG_6121.JPG

    अहिलेको बजारको लागि Technology र IT सेक्टर आजको अपरिहार्य आवस्यकता रहेको भन्दै त्यो अनुरुप शिक्षानितिलाई बनाउनुपर्ने जोडदिनुभयो । देश विकासमा शिक्षाको योगदान महत्वपूर्ण रहेको बताउँदै उहाँले आफूले इन्जिनियरिङ पढ्दै गर्दा नसकिने ठानेर चार्टर्ड एकाउन्टेन्ट पढ्न खोजेको तर पछि राजनीतिमा जोडिएको प्रसंग पनि बताउनुभयो।

    20210517172257_IMG_5972.JPG

    अहिलेको युवाहरुमा पलायनको ब्याप्त समस्या रहेको प्रती इङ्कित गर्दै नेपालले शिक्षकहरुले आत्मबिश्वास जगाउने काम गर्नुपर्ने बताउनु भयो। उहाँले असफलता सफलताको जननी हो भन्ने कुराको उदाहरण दिदै पटक पटकको मिहेनत पछि सफल भइने धारणा ब्यक्त गर्नुभयो।

    20210517184756_IMG_6145.JPG

    कार्यक्रममा काठमाडौ जिल्ला शिक्षा समन्वय प्रमुख बिचारी प्रसाद अधिकारीले शैक्षिक उन्यवनमा टेवा पुग्ने गरि पुर्वप्रमलाई पाएकोमा हार्दिक आभार ब्यक्त गर्नुभयो । विद्यार्थीहरुको सर्बाङ्गिण बिकासको लागि बिद्यालय/कलेजले गर्ने विभिन्न कार्यक्रमहरुले बालबालिकाहरुले सिकेको कुरा आफ्नो अभिभावक सामु प्रस्फुटन गर्ने भएकोले आफ्नो बाबुनानिले गर्ने विभिन्न क्रियाकलापहरु हेर्ने अनुगमन सुझाव दिनुभयो। हरेक बालबालिका भित्र फरक क्षमता हुन्छ त्यसलाई प्रस्फुटन गर्न अभिभावकले बाताबरण बनाउनुपर्ने बताउनुभयो । संस्कार सहितको शिक्षा, समावेशी शिक्षा र बालमैत्री शिक्षा आजको आवश्यकता भएकोले त्यो अनुरुप बिद्यालय/कलेजले मिहिनेत गरेको बताउनुभयो।

    20210517175202_IMG_6026.JPG

    कार्यक्रममा काठमाडौं महानगरका पुर्व प्रवक्ता तथा हालका वडा अध्यक्ष इश्वरमान डंगोलले सबैभन्दा पुरानो र समुदायमा आधारित बिद्यालय भएकोले न्यून आयस्तर भएका अभिभावकहरुको लागि आकर्षणको केन्द्र रहेको बताउनुभयो । साथै यो बिद्यालय समाजसंग सम्बन्ध जोड्दै विभिन्न सामाजिम कार्यमा समेत जोडिएकोले अभिभावकहरुले ढुक्कभएर बालबालिका पढाउन अनुरोध गर्नुभयो।

    20210517174832_IMG_6024.JPG

    त्यसतै कार्यक्रममा प्याब्सन काठमाडौ महानगरका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले निजि स्तरमा संचालन भएका स्कुल कलेजहरुले देशको संस्कार सस्कृती जोगाउन मद्दत पुर्‍याएको भन्दै अभिभावकहरुलाई शैक्षिक गतिबिधी संगसंगै आफ्नो बालबालिकाहरुको क्रियाकलाप हेर्न अनुरोध गर्नुभयो।

    20210517174423_IMG_6022.JPG

    त्यस अवसरमा विद्यालयका प्रिन्सिपल बाबुराम गौतम लगायतका अन्य वक्ताहरुले एक्काइसौं शताब्दीको माग अनुसारको युग सुहाउँदो शिक्षा प्रदान गर्न विद्यार्थीलाई व्यवहारिक, वैज्ञानिक र नैतिक शिक्षा दिनुपर्ने बताउनुभयो । सहायक प्रिन्सिपल तेजप्रसाद भण्डारीद्वारा संचालित बार्षिकोत्सवका अवसरमा विद्यार्थीले नृत्य तथा गीत प्रस्तुत गरेका थिए । त्यस अवसरमा रक्तदान समेत गरिएको थियो।

    20210517184036_IMG_6105.JPG

     

    images
    शनिवार, फाल्गुण १२ २०८००९:२४:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार