मंगलवार, फाल्गुण १५ २०८०
फागुन, १५ गते मंगलबार । बागलुङ जिल्लाको गलकोट बहुमुखी क्याम्पसमा विद्यार्थीलाई आकर्षित गर्न र क्याम्पसको भौतिक तथा शैक्षिक अवस्था सुधार गर्न महायज्ञ गरिएको छ। पछिल्लो समय गाउँ तथा सहरका समेत सामुदायिक क्याम्पस धरासायी अवस्थामा क्याम्पसको भौतिक तथा शैक्षिक अवस्था सुधार गर्न महायज्ञ गरिएको हो।

आधुनिक शिक्षाको आकर्षण, वैदेशिक रोजगारी र अध्ययनका लागि विद्यार्थी पलायन भइरहेका यश अवस्थामा समुदायमार्फत सञ्चालित क्याम्पसमा अहिले विद्यार्थी टिकाउनै मुस्किल छ।
विसं २०६१ मा धान्याञ्चल महायज्ञ सञ्चालन गरेर स्थापना गरेको बागलुङको गलकोट बुहुमुखी क्याम्पसलाई समयसापेक्ष स्तरवृद्धि गर्न फागुन ६ देखि १३ गतेसम्म धान्याञ्चल लगाएर १२ करोड रुपैयाँ संकलन गरिएको बताइएको छ। १९ वर्ष अगाडि धान्याञ्चल लगाएर एक करोड ७५ लाख रुपैयाँ संकलन गरी स्थापना गरिएको गलकोट बहुमुखी क्याम्पसको भौतिक तथा शैक्षिक गुणस्तर बढाउन धान्याञ्चल लगाइएको गलकोट बहुमुखी क्याम्पसका प्रमुख मुकुन्दसिंह भण्डारीले बताए।

क्याम्पस स्थापना गर्दा धन्याञ्चलको रकमबाट जग्गा खरिद गरेर भवन निर्माणपछि क्याम्पस सञ्चालन गरिएको उनको भनाइ छ। उक्त रकम सकिएपछि आर्थिक अभावका कारण बन्द हुन थालेको क्याम्पसलाई विसं २०७३ देखि गलकोट नगरपालिकाले वार्षिक १० लाख उपलब्ध गराउँदै आएको क्याम्पस प्रमुख भण्डारी बताउँछन्।
महायज्ञबाट संकलन भएको रकमले क्याम्पसको जग्गा व्यवस्थापन गरी संरचना निर्माण गरेर गरिब विपन्न विद्यार्थीलाई आवासीय सुविधा एवं विशेष छात्रवृत्तिको व्यवस्था गर्ने क्याम्पस प्रमुख भण्डारीले बताए।

गलकोट्वक्याम्पसमा हाल व्यवस्थापन र शिक्षाशास्त्र संकायमा अध्यापन भइरहेको छ। क्याम्पसलाई स्तरवृद्धि गरी बढ्दो विद्यार्थी पलायनलाई कम गर्न बीएससी एजी, बिआइटी, बिएचएम, बिबिए सहित स्नातकोत्तर अध्यापन गराउने लक्ष्यसहित शैक्षिक ज्ञान महायज्ञ आयोजना गरिएको गलकोट बहुमुखी क्याम्पस व्यवस्थापन समितिका सदस्य तथा गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए।
उनले अब क्याम्पसलाई प्रविधिमैत्री बनाउनुका साथै बाहिर गएर पढ्ने विद्यार्थी यहीँ आकर्षित गर्ने बताए। हाल क्याम्पसमा दुई सय ९० विद्यार्थी अध्ययनरत छन्।