शनिवार, फाल्गुण १९ २०८०
फागुन १९ गते काठमाडौँ । नागार्जुन नगरपालिका वडा नम्बर २ सानोभर्याङ्मा अवस्थित ग्लोबल भिजन स्कलर्स एकेडेमीले आफ्नो १६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस २०८० सम्पन्न गरेको छ। शनिबार एक भव्य कार्यक्रमका बीच वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो।

उक्त कार्यक्रम विद्यालयका सञ्चालक समितिका अध्यक्ष बाबुराम गौतमको सभापतित्व र काठमाडौँ जिल्ला अदालतका माननीय न्यायाधीश विष्णु प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चन्द्र कुमार वाग्ले, नागार्जुन न.पा. शिक्षा विभाग प्रमुख कृष्ण बहादुर कुँवर, नागार्जुन प्याब्सनका अध्यक्ष बासुदेव घिमिरे, नोप्सो अध्यक्ष राज कुमार श्रेष्ठ लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, विभिन्न सामाजिक तथा प्रतिष्ठित व्यक्तित्वहरू, अभिभावक तथा शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै विद्यालयका सञ्चालक समिति अध्यक्ष तथा कार्यक्रममा सभापति बाबुराम गौतमले बर्तमान समयमा समय सुहाउदो र माटो सुहाउदो विश्व वजारमा प्रतिस्पर्धि जनशक्ति तयार गर्न आधुनिक प्रविधियूक्त शिक्षा र संकारयुक्त शिक्षामा जोडगरि बिद्यालय अगाडि बढेको कुरा बताउनुभयो।

सह प्रधानाध्यापक कृष्ण प्रसाद उपाध्यायद्वारा सञ्चालित वार्षिक उत्सवका अवसरमा विद्यार्थीद्वारा विभिन्न साँस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। साथै कार्यक्रममा वर्षका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान समेत गरिएको थियो।


