Oct 02 2026 | २०८३, आश्विन १६ गते

रुबीभ्यालीका विद्यार्थीहरुले नीलकण्ठ बहुमुखी क्याम्पसमा नि:शुल्क अध्यन गर्न पाउने

रुबीभ्यालीका विद्यार्थीहरुले नीलकण्ठ बहुमुखी क्याम्पसमा नि:शुल्क अध्यन गर्न पाउने

  • 2.3K
    SHARES

  • रुबीभ्यालीका विद्यार्थीहरुले नीलकण्ठ बहुमुखी क्याम्पसमा नि:शुल्क अध्यन गर्न पाउने

    फागुन, २६ धादिङ । रुबीभ्यालीका विद्यार्थीहरुले नीलकण्ठ बहुमुखी क्याम्पसमा नि:शुल्क अध्यन गर्न पाउने भएका छन। नीलकण्ठ बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्यन गर्ने रुबीभ्याली गाउँपालिका भित्रका बिद्यार्थीहरुलाई निशुल्क छात्रवृत्ति प्रदान गर्न गाउँपालिका र क्याम्पस बिच सम्झौता भएको हो।

    सम्झौता पत्रमा निलकण्ठ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नवराज शर्मा, रुबि भ्याली गाउपालिकाका प्रमुख राम सिं तामाङ र रहोबरको रुपमा गाउपालिकाकै उपाध्यक्ष फे लामा तामाङले हस्ताक्षर गरेका छन।

    धादिङ जिल्लाको निलकण्ठ बहुमुखी क्याम्पस र रुबि भ्याली गाउपालिकामा स्थाइ ठेगाना भएका विद्यार्थीहरु निलकण्ठ बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीहरुले सम्झौतामा भए बमोजिम सर्तहरु पूरा गरि नि:शुल्क छात्रवृत्तिमा पढ्न पाउने भएका छन।

    रुबि भ्याली गाउपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीहरुको नगरिकता प्रमाणपत्रसहितको सुची उपलब्ध गराउनुपर्ने छ। साथै यदि बिबाह भएर आएको खण्डमा बिबाह प्रमाणपत्र सहित पेस गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ।

    रुबि ब्याली गाउपालिका स्थायी ठेगाना भएका विद्यार्थीहरुलाई शैक्षिकशत्र शुरु भएदेखि नै गाउपालिकाले बिना अबरोध पठनपाठन लगाएत हरेक शैक्षिक क्रियाकलापहरुमा सहभागीको ब्यबस्था मिलाउनुपर्ने छ। त्यस्तै (प्रथम पक्ष) क्याम्पसले बुझाएको सुचिको आधारमा रुबि भ्याली गाउपालिका (द्वितीय पक्ष)ले छात्रवृत्ति बापतको एकमुष्ट रकम क्याम्पसको बैक खातामा जम्मा गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ।

    बिस्तृत जानकारीको लागि हेर्नुस सम्झौता पत्र ।

    received_418176240710991.jpeg

    images
    आइतवार, फाल्गुण २७ २०८००७:४१:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार