सोमवार, फाल्गुण २८ २०८०
फागुन, २८ गते सोमबार । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाले सरकारी सेवा सुविधा लिने जनप्रतिनिधी, शिक्षक तथा कर्मचारीहरुका छोराछोरी अनिवार्यरुपमा सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिएको छ ।
नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै आगामी नयाँ शैक्षिक शत्रदेखि अनिवार्य सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिएको हो ।
मुसिकोट नगरपालिकाले सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई अनिवार्य सामुदायिक विद्यालयमा अध्ययन गराउनु पर्ने गरी नगर सभाबाट निर्णय भएको जनाएको छ ।
