मंगलवार, फाल्गुण २९ २०८०
फागुन, २९ गते काठमाडौ । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय अन्तर्गत बुढानिलकण्ठ स्कुलको तथा साझेदारी कार्यक्रममा सहभागी बिद्यालयहरुमा कक्षं५ देखि आवासीय रुपमा नि:शुल्क वा शहुलियत शुल्कमा अध्यायनका लागि बिपन्न समुदायका जेहेन्दार बालबालिकाहरु मध्यबाट छात्रवृत्तिमा छनोटका लागि सूचना प्रकाशित गरेकोछ।
बि. सं. २०७० बैशाख देखि २०७१ चैत्र ३० गतेसम्म जन्म भइ कम्तिमा ३ र ४ कक्षामा अभिभावकको बसोबास भएको जिल्ला वा छिमेकी जिल्ला सामुदायिक बिद्यालयमा नियमित रुपमा अध्ययन गरि शैक्षिकसत्र २०८० कक्षा ४ अध्ययन गरेका छात्रछात्राहरुले भौगोलिक क्षेत्र तथा लक्षित समुदायका प्रतिनिधित्व हुने गरि लिखित प्रतियोगितात्मक परिक्षाको नतिजाको अधारमा अन्तर्वार्ताबाट छनोट गरिने सुचनामा उल्लेख छ।
छात्रवृत्तिको लागि मिति २०८० चैत २८ बुधबार दिउँसो १ बजे देखि ४ बजेसम्म तथा सोही २९ गते बिहान ८ बजेदेखि १० बजेसम्म आवेदन दिन सक्ने छन। आवेदन दिन banks.edu.np, cehrd.gov.np वा moest.gov.np बाट डाउनलोड गरि रितपुर्वक भरेर दर्खास्त फारममा तोकिए बमोजिम सिफारिस तथा प्रमाणिट गराई आवश्यक कागाजात सहित आफ्नो जिल्लालाइ तोकिएको परीक्षा केन्द्रमा बुझाउनुपर्ने सुचनामा उल्लेख छ।
छात्रवृत्ति परीक्षा मिति २०८० चैत २९ गते ११ बजे देखि शुरु हुनेछ।
बुढानिलकण्ठ स्कुलका लागि खुला तथा आरक्षण सिटको संख्या ४२ (५०% छात्रा रहने)
१: शितलादेवी माध्यमिक बिद्यालय, धनकुटा
२: नवजीवन माध्यमिक बिद्यालय, जुटपानी सर्लाही
३: कुलेश्वर आवास माध्यामिक बिद्यालय, कुलेश्वर काठमाडौ
४: बालमन्दीर माध्यमिक बिद्यालय, लुम्ले कास्की
५: जनता माध्यमिक बिद्यालय, कास्की
६: बिरेन्द्र बिद्यामन्दीर माध्यामिक बिद्यालय टिकापुर कैलाली




