Oct 03 2026 | २०८३, आश्विन १७ गते

एमाले उपाध्यक्षमा निर्वाचित प्रधानाध्यापकलाई स्पस्टिकरण ।

एमाले उपाध्यक्षमा निर्वाचित प्रधानाध्यापकलाई स्पस्टिकरण ।

  • 670
    SHARES

  • एमाले उपाध्यक्षमा निर्वाचित प्रधानाध्यापकलाई स्पस्टिकरण ।

    फागुन, २९ गते सोमबार । संखुवासभामा कार्यरत प्रधानाध्यापक नेकपा एमालेको जिल्ला उपाध्यक्ष पदमा निर्वाचित भएको विषयमा जिल्ला समन्वय समितिले सम्बन्धित प्रधानाध्यापकलाई स्पष्टीकरण सोधेको छ ।

    जिल्ला समन्वय समिती खाँदबारीले नेकपा एमाले जिल्ला कमिटी संखुवासभालाई एक पत्र काट्दै मादि माद्यामिक बिद्यालय प्रधानाध्यापक शान्ति कुमार दाहाल उपाध्यक्षमा निर्वाचित भएको रामेश्वर मावी र रामेश्वर क्याम्पस प्रमुख मदन बहादुर खत्री निर्बिरोध निर्वाचित भएकोले शिक्षा ऐन२०२८ को दफा १६ (ङ) ५ को (छ) मा शिक्षक वा कर्मचारी राजनिती दलको कार्यकारी समितिको सदस्य रहेको पाइएकोमा निनलाइ पदबाट हटाउने ब्यबस्था रहेको उल्लेख गरेको छ।

    स्पस्टिकरणको सम्पुर्ण पाठ यस्तो छ हेर्नुस्।

    हालै सम्पन्न जिल्ला अधिवेशनमा मादि माद्यामिक बिद्यालय प्रधानाध्यापक शान्ति कुमार दाहाल उपाध्यक्षमा निर्वाचित भएको रामेश्वर मावी र रामेश्वर क्याम्पस प्रमुख मदन बहादुर खत्री निर्बिरोध निर्वाचित भएकोमा कानुन बमोजिम कार्बाहिको माग गर्दै प्राज्ञिक परिषद नेपालले यस जिल्ला समन्वय समितिमा निवेदन दिएकोमा शिक्षा ऐन२०२८ को दफा १६ (ङ) ५ को (छ) मा शिक्षक वा कर्मचारी राजनिती दलको कार्यकारी समितिको सदस्य रहेको पाइएकोमा निनलाइ पदबाट हटाउने ब्यबस्था रहेको साथै राजनिती ऐन २०७३ दफा १४ को उपदफा २ (ग) मा राजनीति दलको सदस्यता बितरण गर्दा नेपाल सरकार, प्रदेश सरकार, तथा स्थानिय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको प्राध्यापक, शिक्षक वा कर्मचारी पदमा बाहल नगरेको ब्यक्ति हुनुपर्ने ब्यबस्था रहेको तर त्यस पार्टिको नवौ जिल्ला अधिवेशन निर्वाचन कमिटिबाट मिति २०८०/११/२३ गतेको निर्वाचन परिणाम घोषणाको जानकारीमा शान्तिकुमार दाहाल उपाध्यक्ष र मदन बहादुर खत्री सदस्य पदमा निर्वाचित भएको घोषणा प्रकाशित भएको साथै मादी माध्यमिक बिद्यालयको मिति २०८०/११/२४ मा प्रकाशित सूचनामा शान्तिकुमार दाहालनै प्रधानाध्यापकको पदमा कार्यरत देखिएको हुदा सो सम्बन्धमा जानकारी पढाउन अनुरोध छ।

    FB_IMG_1710162823941.jpg

    images
    मंगलवार, फाल्गुण २९ २०८००३:५३:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार