Oct 03 2026 | २०८३, आश्विन १७ गते

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने शिक्षकविरुद्ध मुद्दा ।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने शिक्षकविरुद्ध मुद्दा ।

  • 617
    SHARES

  • नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने शिक्षकविरुद्ध मुद्दा ।

    फागुन, ३० गते तनहु। नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने तनहुको कार्यरत एकजना शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। ब्यास नगरपालिका अन्तर्गत बालमन्दिर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक सुनिता उपाध्याय पौडेलको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली पाएइएपछि मुद्दा दर्ता गरिएको हो ।

    पौडेलको शैक्षिक योग्यताका प्रमाणपत्र छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानविन गर्दा प्रमाणपत्र नक्कली पाइएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

    शिक्षक पौडेलले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, वाराणसी, भारतबाट उत्तीर्ण गरेको हाईस्कुल तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्रहरु पेश गरी प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा नियुक्ति लिएको थियो। आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि ऐनको दफा १६ को उपदफा (१) बमोजिम सजायको मागदाबी गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

    images
    बुधवार, फाल्गुण ३० २०८००७:१३:१५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार