Oct 03 2026 | २०८३, आश्विन १७ गते

सामुदायिक बिद्यालयमा पढ्ने छात्रालाई एक हजार बजत सहित छात्रा बचत खाता

सामुदायिक बिद्यालयमा पढ्ने छात्रालाई एक हजार बजत सहित छात्रा बचत खाता

  • 651
    SHARES

  • सामुदायिक बिद्यालयमा पढ्ने छात्रालाई एक हजार बजत सहित छात्रा बचत खाता

    चैत, १ गते तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा भर्ना हुने छात्राहरुलाई एक हजार बजत मौज्दात सहित छात्रा बचत खाता खोलिदिने निर्णय गरेको छ। गाउपालिकाले शैक्षिकसत्र २०८० देखि सामुदायिक ल विद्यालयमा (कक्षा १० सम्म) अध्ययनरत छात्रा तर्फको विद्यार्थीहरुलाई रु. १००० बचत मौज्दात सहित छात्रा बचत खाता खोलिदिने निर्णय गरेको हो।

    छात्रा बचत खाता सञ्चालनको मुख्य उद्देश्य भनेको सानै देखी वचत गर्ने बानीको विकास, आफ्नो रुची तथा क्षमता अनुसारको उच्च शिक्षाको पहुँच र उद्यमसिल विकास गरी सुनौलो भविश्य निर्माणका लागि सहयोग पुग्‍ने गाउपालिकाको लक्ष्य रहेकोछ ।

    शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण गर्दै गुणस्तर शिक्षाका लागि गाउँपालिकाले यस किसिमको अभियान अघि बढाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। ' उक्त कार्यक्रमले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्नाका साथै छात्रामा सानैदेखि बचत गर्ने बानीको समेत विकास हुने विश्वास लिइएको उनले बताए । विद्यालयमा सञ्चालित शिक्षासँग उत्पादन कार्यक्रमबाट विद्यार्थीले गरेको आम्दानीलाई बचतमा जोड्ने लक्ष्य राखिएको छ । कार्यक्रमका लागि सुरुआती चरणमा करिब रु २५ लाख बजेट लाग्ने अनुमान गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा ३५ सामुदायिक विद्यालय छन् । उक्त विद्यालयमा करिब दुई हजार बढी छात्रा अध्ययन छन् ।

    यसैगरी गाउपालिकाभित्र कार्यरत सम्पूर्ण शिक्षक र विद्यालय कर्मचारीका आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउने निर्णय समेत गरेको छ । 

    सामुदायिक विद्यालयमा लगानी गरे अनुरूपको प्रतिफल प्राप्त नभएकाले सुधारका लागि दबाब दिने उद्देश्यअनुरुप सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको अध्यक्ष चुमानले बताए ।

    गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुुणस्तर वृद्विका लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षकलगायत छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने, विद्यालयमा गाडीको व्यवस्था, सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको स्वास्थ्य बीमा, कर छुटका काम गर्दै आएको छ ।

    images
    बिहिवार, चैत्र १ २०८००९:५७:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार