Aug 13 2026 | २०८३, श्रावण २८ गते

चिकित्सा शिक्षा सम्बन्धी जांचबुझ आयोगको प्रतिवेदन सार्वजनिक । (प्रतिवेदन सहित)

चिकित्सा शिक्षा सम्बन्धी जांचबुझ आयोगको प्रतिवेदन सार्वजनिक । (प्रतिवेदन सहित)

  • 593
    SHARES

  • चिकित्सा शिक्षा सम्बन्धी जांचबुझ आयोगको प्रतिवेदन सार्वजनिक । (प्रतिवेदन सहित)

    चैत, २८ काठमाडौँ । चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग– २०७४’ ले शिक्षा मन्त्रालयलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उक्त प्रतिवेदन सार्वजनिक गरेकी हुन् ।

    प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन सुरु हुने मन्त्रालयले जनाएको छ ।

    राजपत्रमा सूचना प्रकाशित गर्दै विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा सरकारले चिकित्सा शिक्षाका विकृति विसङ्गतिको जाँचबुझ गरी सुझाव सहितको प्रतिवेदन गर्न आयोग गठन गरेको थियो । आयोगले सरकारलाई प्रतिवेदन बुझाएपछि कार्यान्वयनमा लैजान भने ढिलाइ भएको थियो ।

    मन्त्रालयले बुधवार प्रतिवेदन सार्वजनिक गरी सिफारिस अनुसार कारबाही प्रक्रिया तत्काल सुरु गर्ने समेत जनाएको छ।

    प्रतिवेदन हेर्न तलको लिङ्कमा क्लिक गर्नुस् ।

    https://drive.google.com/file/d/1-pjh672upRNHwOsombcDG4EDJrczXC5L/view?usp=drivesdk

    images
    बुधवार, चैत्र २८ २०८००४:४२:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार