Oct 03 2026 | २०८३, आश्विन १७ गते

विद्यार्थी भर्ना अभियानको लागि शिक्षामन्त्रीको सन्देश ।

विद्यार्थी भर्ना अभियानको लागि शिक्षामन्त्रीको सन्देश ।

  • 826
    SHARES

  • विद्यार्थी भर्ना अभियानको लागि शिक्षामन्त्रीको सन्देश ।

    बैशाख, २ गते काठमाडौ । आज २०८१ बैशाख २ गते देखी “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने आदर्श वाक्यसँगै नयाँ शैक्षिकसत्रका लागि विद्यार्थी भर्ना अभियान शुरु हुदैछ ।

    यसै सन्दर्भमा शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विद्यार्थी भर्नाको अभियान सञ्चालन गर्न सबै सरोकारवालाहरूलाई आह्वान गरेकी छन् ।

    मन्त्री श्रेष्ठले नेपाल सरकार, प्रदेश सरकार, स्थानिय तह र समुदायमा रहेका शिक्षक, कर्मचारी, अभिभावक तथा समाजका प्रबुद्ध वर्गहरूको सक्रिय सहभागितामा नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान सुरू भएको भन्दै आह्वान गरेकी हुन् ।

    शुभकामना संदेशमा लेखिएको छ, “विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराई शिक्षा सम्बन्धी मौलिक हक कार्यान्वयनको सुनिश्चितता गर्न नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दैछ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहहरू र समुदायको समेत सक्रिय सहभागिताले मात्रै नयाँ भर्ना र सामुदायिक शिक्षा सुधारको अभियान सफल हुन्छ । शिक्षक, कर्मचारी, अभिभावक र समाजका प्रबुद्ध वर्गहरूको सक्रिय सहभागितामा विद्यार्थी भर्नाको अभियान सञ्चालन गर्न सबै सरोकारवालाहरूलाई मन्त्रालय हार्दिक आह्वान गर्दछ” ।

    मन्त्री श्रेष्ठले जीवनमा सफलताका लागि सिकाइ र सीप अपरिहार्य रहेकोले समाज परिवर्तनका लागि हामीले हाम्रो रैथाने ज्ञान, नयाँ ज्ञान र सीपको पुस्तान्तरण गर्न तथा चेतनाको क्षेत्र सुधार गर्नुपर्ने बताएकी छन् । उनले नयाँ पुस्तालाई समाजमा सकारात्मक योगदान दिन सक्ने करूणा र विनम्रता सहितका असल नागरिक बनाउन आधार र प्रेरणा शिक्षा प्रणाली हुनुपर्ने संदेशमा उल्लेख गरेकी छन् ।

    “अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ अनुसार आगामी २०८५ वैशाख १ गतेबाट आधारभूत शिक्षा प्राप्त नगरेको व्यक्ति कुनै पनि कम्पनी तथा फर्महरूमा संस्थापक सदस्य, शेयर धनी सञ्चालक वा कुनै पनि पदमा निर्वाचित वा नियुक्त हुन पाउने छैनन् र कुनै पनि सरकारी सेवामा प्रवेश गर्न सक्ने छैनन् ।

    मन्त्री श्रेष्ठले भनेकी छन, "आधारभूत शिक्षाको महत्त्वबारे जनस्तरमा सन्देश फैलाउन र नयाँ भर्नाको सूचना लक्षित वर्गसम्म पुर्‍याउन नागरिक समाज, शैक्षिक जगत्, कलाकारिता क्षेत्र र सबै सरोकारवालाहरूलाई सहजीकरण गर्न मन्त्रालय अनुरोध गर्दछ ।”

    यस्तो छ शुभकामना संदेश ।

    Screenshot_20240414-072845~2.png

    images
    आइतवार, बैशाख २ २०८१०८:१४:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार