Oct 03 2026 | २०८३, आश्विन १७ गते

शिक्षामन्त्रीको निर्देशनपछिः काजमा कार्यरत सबै शिक्षकहरुको काज फिर्ता।

शिक्षामन्त्रीको निर्देशनपछिः काजमा कार्यरत सबै शिक्षकहरुको काज फिर्ता।

  • 586
    SHARES

  • शिक्षामन्त्रीको निर्देशनपछिः काजमा कार्यरत सबै शिक्षकहरुको काज फिर्ता।

    वैशाख, २५ काठमाडौ । शिक्षा बिज्ञान तथा प्रबिधि   मन्त्रालयले घातक रोग लागेर उपचाररतबाहेक काममा रहेका सबै शिक्षकहरुको काज फिर्ताको निर्णय गरेको छ । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री सुमना श्रेष्ठको निर्देशनपछि देशभरका सामुदायिक विद्यालयमा काजमा कार्यरत शिक्षकहरुको काज फिर्ता भएको हो।

    मङ्गलवार सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरुवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले बताएको छ।।

    मन्त्रालयमा शिक्षकहरुलाई विभिन्न अनावश्यक र अस्वाभाविक निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन अध्यापनमा समस्या परेको गुनासो आएपछि शिक्षा मन्त्री सुमना श्रेष्ठले घातक रोग लागेका बाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन्।

     

    images
    मंगलवार, बैशाख २५ २०८१०७:४५:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार