Oct 03 2026 | २०८३, आश्विन १७ गते

शिक्षकको काज फिर्ता गर्न सबै इकाइ र स्थानीय तहलाई केन्द्रको निर्देशन ।

शिक्षकको काज फिर्ता गर्न सबै इकाइ र स्थानीय तहलाई केन्द्रको निर्देशन ।

  • 930
    SHARES

  • शिक्षकको काज फिर्ता गर्न सबै इकाइ र स्थानीय तहलाई केन्द्रको निर्देशन ।

    बैशाख, २९ काठमाडौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशैभरी सबै शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहलाई शिक्षकहरुको काज फिर्ता गर्न निर्देशन दिइएको छ ।

    केन्द्रले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गत वैशाख २५ गते गरेको मन्त्रीस्तरीय निर्णय अनुसार शिक्षकहरूको काज फिर्ता गर्न सबै इकाइहरुलाई पत्र मार्फत निर्देशन दिएको हो ।

    शिक्षा ऐन २०२८ को दफा १६ च २ को उपदफा (१) अनुसार सामुदायिक विद्यालयका शिक्षकलाई शिक्षा प्रदान गर्ने वा विद्यालय प्रशासन सम्बन्धी काममा बाहेक अन्य काममा लगाउनु हुँदैन भन्ने व्यवस्था रहेको साथै, शिक्षा नियमावली २०५९ को नियम १३३ को उपनियम १ को खण्ड (ज) मा सामुदायिक विद्यालयका शिक्षकले व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखको स्वीकृति नलिई आफू बहाल रहेको विद्यालय बाहिर कामकाज गर्न नहुने भन्ने व्यवस्था रहेको हुदा उक्त व्यवस्था विपरित कुनै पनि शिक्षकलाई कहीँ कतै काजमा जाने, काजमा राख्ने जस्ता काम कारबाही नगर्नु नगराउन परिपत्रमा उल्लेख गरिएको छ।

    साथै यदि काजमा रहेको वा बसेको भए आफ्नो पदाधिकार बिद्यालयमा फिर्ताहुन समेत निर्देशन दिएको छ।

    यस्तो छ परिपत्र ।

    1000002672.jpg

    images
    शनिवार, बैशाख २९ २०८१०९:०५:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार