Oct 03 2026 | २०८३, आश्विन १७ गते

द सनसाइन स्कुलमा अनलाइन भोटिङद्वारा सदन प्रमुखहरुको चयन।

द सनसाइन स्कुलमा अनलाइन भोटिङद्वारा सदन प्रमुखहरुको चयन।

  • 1.2K
    SHARES

  • द सनसाइन स्कुलमा अनलाइन भोटिङद्वारा सदन प्रमुखहरुको चयन।

    जेठ, १ गते काठमाडौ । काठमाडौ महानगरपालिका १५ को एकमात्र सफल डिजिटल तथा स्मार्ट पद्धति लागु गरेको द सनसाइन स्कुलले आफ्ना कक्षाहरु पनि स्मार्ट तथा डिजिटल भर्सनमा गर्दै आएको छ।

    Messenger_creation_087e3cfe-4130-4198-9df8-4bc2e52361de.jpeg

    यसै सम्दर्भमा द सनसाइन स्कुलले विद्यार्थीहरू माझ प्रजातान्त्रिक पद्धतिमा अनलाइन मतदान मार्फत सदनको चयन गरेको छ। बिद्यालयले सदन प्रमुख तथा उपप्रमुख चयन गर्न अनलाइन मतदान गराएको हो ।

    Messenger_creation_b426ff17-0033-4e47-882f-c45841698ecf.jpeg

    मतदान प्रर्कियामा कक्षा १-१० सम्मका विद्यार्थी सहभागी भएको प्राचार्य बाबुराम गौतमले बताए।

    स्कुल प्रिफेट र चार विभिन्न सदनमा सदनात्मक तहमा मतदान प्रकियामा सहभागी विद्यार्थी मध्ये सृजिया तुलाधर स्कुल प्रिफेटमा भारी मतदानमा विजेता वनिन् साथै ४ वटा सदनमा सदन प्रमुखहरू क्रमश: शुभम भण्डारी, रिपना श्रेष्ठ, स्पन्दन श्रेष्ठ र क्रिष्टिना तामाङ तथा उप-प्रमुखमा क्रमश: रिवाज श्रेष्ठ, सैफुल्ला अनसारी, सनाया पुजारी र कसिस मिक्रानीले जित हासिल गरे।

    Messenger_creation_6703d052-e0b3-467d-b569-1dcae6f39a0a.jpeg

    विजेता विद्यार्थी नेतालाई विद्यालयका प्राचार्यले बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो भने भाइस-प्रिन्सिपल तेजप्रसाद भण्डारीले कार्यजिम्मेवारी तथा कार्यक्षेत्र बताउनु भयो । को-अर्डिनेटर असोक लामिछानेले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो।

    Messenger_creation_7642c974-99fb-49b5-ae89-058584e657f9.jpeg

    images
    मंगलवार, जेठ १ २०८१०८:५९:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार