Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिवि उच्च शिक्षा उपादीको मान्यता तथा समकक्षता सुधारका लागि सुझाब माग (सूचना सहित)

त्रिवि उच्च शिक्षा उपादीको मान्यता तथा समकक्षता सुधारका लागि सुझाब माग (सूचना सहित)

  • 923
    SHARES

  • त्रिवि उच्च शिक्षा उपादीको मान्यता तथा समकक्षता सुधारका लागि सुझाब माग (सूचना सहित)

    जेठ, ८ काठमाडौ । त्रिभुवन विश्वविद्यालयले ‘उच्च शिक्षा उपाधिको मान्यता तथा समकक्षता कार्यविधि २०७८ ” सुधार सुझाव समितिले सुझाब माग गरेको छ । बिश्वबिद्यालयले एक सूचना जारी गर्दै सुझाव माग गरेको हो।

    उच्च शिक्षा उपाधिको मान्यता र समकक्षता सम्बन्धमा सामाजिक सञ्जाल, पत्रपत्रिका, अन्य सञ्चार माध्यमहरु लगायत विद्यार्थी, अभिभावक साथै जनस्तरबाट समेत गुनासो आएकोले त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षा उपाधिको मान्यता तथा समकक्षता कार्यविधि २०७८ सुधार सुझाव समिति बनाई काम गरिरहेको जनाएको छ ।

    उच्च शिक्षा उपाधिको मान्यता र समकक्षतालाई सरलीकरण गरी सहज बनाई छिटोछरितो कार्य सम्पादन गर्न एवं कार्यविधि २०७८ लाई समायानुकुल संशोधन गर्न, समस्या समाधान र सुधारको लागि खुल्लारुपमा राय सुझाव दिन सूचना मार्फत आह्वान गरेको छ।

    सुझाब जेठ ८ गतेदेखि १४ गते भित्र इमेल reform@tu.edu.np मार्फत सुझाब पठाउन सकिने छ ।

    Screenshot_20240521-075819-01.jpeg

    images
    मंगलवार, जेठ ८ २०८१०८:०८:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार