Aug 12 2026 | २०८३, श्रावण २७ गते

आठौ सत्रको अन्तिम परिक्षा समयमै गरिदिन विद्यार्थीद्वारा ध्यानाकर्षण। (पत्र सहित)

आठौ सत्रको अन्तिम परिक्षा समयमै गरिदिन विद्यार्थीद्वारा ध्यानाकर्षण। (पत्र सहित)

  • 892
    SHARES

  • आठौ सत्रको अन्तिम परिक्षा समयमै गरिदिन विद्यार्थीद्वारा ध्यानाकर्षण। (पत्र सहित)

    जेठ, १० गते काठमाडौ । पूर्वाञ्चल विश्वविद्यालयका जनस्वास्थ्य (BPH) विषयमा स्नातक अध्ययन गरिरहेका विद्यार्थीहरूको आठौं सेमेस्टर सकिँदा पनि हालसम्म परीक्षाको व्यवस्था नभएको भन्दै ध्यानाकर्षण गरेका छन्। विद्यार्थीहरुले उपकुलपतिका नाममा पत्र लेख्दै अन्तिम परीक्षा समयमै सम्पन्न गरिदिनका लागि आग्रह गरेका हुन् ।

    चिकित्सा शिक्षा आयोगले पुस महिनामा Post Graduate (PG) को प्रवेश परीक्षा सञ्चालन गर्ने र त्यसको लागि BPH को लाइसेन्स आवश्यक पर्ने तर, नेपाल स्वास्थ्य व्यवसायीक परिषद्ले (NHPC)साउन दोस्रो हप्तामा नै लाइसेन्स परीक्षाको फारम खुलाउने भएकोले समयमै परीक्षा लिइदिनु आग्रह गरेका छन् ।

    विद्यार्थीहरूले भनेका छन् समयमा परीक्षा भइदिएन भने हामीले विभिन्न अवसरहरुबाट वञ्चित हुने हुँदा समयमै सञ्चालन गरिदिनु अनुरोध गर्दै पत्रमा भनिएको छ “त्रिभुवन विश्वविद्यालयले २ महिना शैक्षिक सत्र ढिलो सुरु गरेर पनि वैशाख महिनामै चौथो वर्षको अन्तिम परीक्षा समयमै सक्यो । तर पूर्वाञ्चल विश्वविद्यालयमा जनस्वास्थ्य स्नातक तह (BPH) कार्यक्रममाको २०८० साल मंसिर महिनामा ४ वर्ष सकिसकेको भएपनि अहिलेसम्म आठौँ सेमेस्टरको अन्तिम परीक्षाको तालिका ननिकालिएको र ढिला परीक्षा हुँदा हामीहरूको नतिजा साउन १५ सम्म पनि निकाल्न गारो हुने भएकाले हाम्रो शैक्षिक तथा व्यावसायिक भविष्यका लागि अत्यन्त महत्वपूर्ण छ ।”

    विद्यार्थीहरूले समयमै परीक्षा सञ्चालन गरेर नतिजा समयमै नआए अन्तिम ४ वर्ष २०८० मंसिर मै सकिदा पनि २०८१ माघ सम्म कुनै पनि काम गर्नबाट बन्चित हुने, भदौँ महिनामा हुने लाइसेन्स परीक्षा छुट्ने, मंसिर महिनामा हुने लोकसेवा आयोगको परीक्षा दिन नपाउने, चिकित्सा शिक्षा आयोगको पोस्ट ग्रयाजुएट प्रवेश परीक्षामा सामेल हुन नपाउँने र १ वर्ष बेरोजगार तथा उच्च शिक्षाबाट वञ्चित हुने कारण खुलाउँदै उपकुलपतिलाई पत्र मार्फत परीक्षा गर्न आग्रह गरेका छन् ।

    यस्तो छ पत्र

    1000003935.jpg

    images
    बिहिवार, जेठ १० २०८१०४:०४:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार