Oct 02 2026 | २०८३, आश्विन १६ गते

स्नातक तहको वार्षिक क्यालेन्डर: पुसमा परीक्षा, २०८२ वैशाखमा नतिजा - त्रिवि

स्नातक तहको वार्षिक क्यालेन्डर: पुसमा परीक्षा, २०८२ वैशाखमा नतिजा - त्रिवि

  • 948
    SHARES

  • स्नातक तहको वार्षिक क्यालेन्डर: पुसमा परीक्षा, २०८२ वैशाखमा नतिजा - त्रिवि

    जेठ, १७ काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको २०८१ को वार्षिक शैक्षिक क्यालेन्डर प्रस्ताव गरेको छ ।

    विश्वविद्यालयले स्नातक तह सेमेस्टर अन्तर्गतका कृषि तथा वन विज्ञान, इन्जिनियरिङ, फरेष्ट्री, विज्ञान तथा प्रविधि संकायका लागि बार्षिक शैक्षिक क्यालेण्डर प्रस्ताव गरेको हो।

    त्रिविको क्यालेन्डरअनुसार स्नातक तहको भर्ना आवेदन फारम साउनको तेस्रो सातादेखि भदौको दोस्रो सातासम्म प्रस्ताव गरेको छ भने सेमस्टको परीक्षा २०८१ पुस ३ गतेदेखि सुरु हुने र नतिजा २०८२ वैशाख १ गते प्रकाशन हुनेछ ।

    विश्वविद्यालयले कानुन, मानविकी तथा समाजशास्त्र र व्यवस्थापन संकायका सेमेस्टरका लागि पनि यही शैक्षिक क्यालेन्डर लागू हुनेछ । यी संकायको प्रवेश परीक्षा भदौको तेस्रो सातामा हुनेछ । भर्ना भदौको चौथो हप्ता खुल्ने त्रिविले जनाएको छ ।

    माथि उल्लेखित संकायको स्नातक तह पहिलो सेमेस्टरको पढाइ सुरु असोजको पहिलो सातामा सुरु हुनेछ ।

    यस्तो छ प्रस्ताव गरिएको क्लालेन्डर।

    FB_IMG_1717072567414.jpgFB_IMG_1717072573548.jpg

    images
    बिहिवार, जेठ १७ २०८१०६:३६:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार