Oct 03 2026 | २०८३, आश्विन १७ गते

त्रिभुवन विश्वविद्यालय नाममा रहेको सम्पत्ति खोज्न समिति गठन

त्रिभुवन विश्वविद्यालय नाममा रहेको सम्पत्ति खोज्न समिति गठन

  • 773
    SHARES

  • त्रिभुवन विश्वविद्यालय नाममा रहेको सम्पत्ति खोज्न समिति गठन

    जेठ, १८ गते काठमाडौँ । नेपाल सरकारले त्रिभुवन विश्वविद्यालयको नाममा रहेको सम्पत्ति खोल्न समिती गठन गरेको छ। जेठ १७ गते बसेको मन्त्रीपरिषदको क्याबिनेट बैठकले बिश्वविद्यालयको नाममा रहेको जग्गा तथा चल-अचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको हो।

    उक्त बैठकले समितिको सदस्यमा पूर्वसहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीबल्लभ अधिकारी, त्रिविका विज्ञ सदस्य प्रा.डा. प्रेमसागर चापागाईंलाई नियुक्त गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो।

    समितिको सदस्यसचिव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिवलाई तोकिएको छ ।

    उक्त समितिले त्रिविका नाममा विभिन्न ठाउँमा रहेका जग्गामध्ये प्रारम्भिक चरणमा उपत्यकाभित्रको जग्गाको अध्ययन, अनुसन्धान तथा छानबिन एवं भवनलगायत अन्य चल-अचल सम्पत्तिको खोज तथा लगत सङ्कलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेस गर्नेछ ।

    त्रिभुवन विश्वविद्यालयको करिब २ हजार रोपनीमा पहुँचवालाले वर्षौदेखि रजाई गर्दै आएका छन् ।त्रिविका प्रध्यापक तथा कर्मचारीलाई समेत दलीय पहुँचका भरमा जग्गा दिइएको छ । उनीहरुले बसपार्क सञ्चालनदेखि गिट्टी बालुवा ठेकेदारलाई समेत भाडामा लगाएर दुरुपयोग गरेका छन् ।

    त्रिविको सम्पत्तिमा उपत्यका बाहिर पनि पहुँचवालाकै रजाइँ चल्दै आएको छ ।

    प्रधानमन्त्री गुहार्दा समेत त्रिविले आफ्नो सम्पत्ति फिर्ता नपाएको लगायत बेथितिहरु समाचारमा प्रकाशित भएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले एक महिनाभित्र फिर्ताको पहल थाल्ने प्रतिबद्धता जनाएकी थिइन ।

    images
    शुक्रवार, जेठ १८ २०८१०७:४१:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार