Oct 03 2026 | २०८३, आश्विन १७ गते

शिक्षक सरुवा निर्देशिका खारेज गर्न शिक्षामन्त्रीको ध्यानाकर्षण

शिक्षक सरुवा निर्देशिका खारेज गर्न शिक्षामन्त्रीको ध्यानाकर्षण

  • 597
    SHARES

  • शिक्षक सरुवा निर्देशिका खारेज गर्न शिक्षामन्त्रीको ध्यानाकर्षण

    जेठ,३२ काठमाडौ । गाउँपालिका राष्ट्रिय महासङ्घ र नेपाल नगरपालिका संघले शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ तत्काल खारेज गर्न शिक्षामन्त्रीको ध्यानाकर्षण गराएका छन् । आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकार माथि हस्तक्षेप हुनेगरी केन्द्रीकृत रूपमा नै विद्यालय सञ्चालन गर्नेगरी ल्याइएको शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ तत्काल खारेज गर्न ध्यानाकर्षण गराएका हुन् ।

    हालै जारी भएको निर्देशिका कार्यान्वयन नगरी संविधान र गाउँ/नगर सभाबाट जारी भएको स्थानीय शिक्षा ऐनबमोजिम कार्यसम्पादन गर्न सबै ७ सय ५३ स्थानीय सरकारहरूलाई आग्रह समेत गरेका छन् ।

    सङ्घीय शिक्षा विधेयक संसदमा विचाराधीन रहेको अवस्थामा सम्बन्धित संसदीय समितिलाई सरोकारवालाहरूसँग छिटो परामर्श गरी स्वीकृतिको लागि संसदमा पेस गर्न सहजिकरण गर्नु पर्नेमा उल्लिखित निर्देशिका वि.सं २०२८ सालको शिक्षा ऐनको प्रभावमा विद्यालय शिक्षालाई केन्द्रीकृत रूपमा नै सञ्चालन गर्न खिजिएको कार्य संविधान विपरीत रहेको उनिहरूको भनाई छ ।

    FB_IMG_1718291835955.jpg

    images
    शुक्रवार, जेठ ३२ २०८१०७:०१:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार