Oct 03 2026 | २०८३, आश्विन १७ गते

सबैले ग्रेडवृद्धि परीक्षा सहभागी हुन पाउने निर्णयसंगै कक्षा ११ को पढाइ प्रभावित हुने।

सबैले ग्रेडवृद्धि परीक्षा सहभागी हुन पाउने निर्णयसंगै कक्षा ११ को पढाइ प्रभावित हुने।

  • 645
    SHARES

  • सबैले ग्रेडवृद्धि परीक्षा सहभागी हुन पाउने निर्णयसंगै कक्षा ११ को पढाइ प्रभावित हुने।

    काठमाडौँ, असार १६ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा ‘ननग्रेडेड (एनजी)’ आएका सबै विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउने निर्णयले कक्षा ११ मा भर्ना हुने नयाँ विद्यार्थीको पढाइ प्रभावित हुने भएको छ । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइईमा अनुत्तीर्ण सबै विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी हुन दिने निर्णय गरेको थियो ।

    हाल कार्यान्वयनमा रहेको अक्षराङ्क (लेटर ग्रेडिङ) निर्देशिकाले भने अधिकतम दुई विषयमा एनजी आएका विद्यार्थीलाई मात्रै ग्रेडवृद्धि परीक्षाको मौका दिने उल्लेख छ । विगतमा एसइईको नतिजापछि अधिकांश विद्यालयले साउनको दोस्रो वा तेस्रो साताबाट कक्षा ११ को पढाइ सञ्चालन गर्ने गरेका थिए ।

    त्यतिखेर ग्रेडवृद्धि परीक्षामा थोरै विद्यार्थी मात्रै सहभागी भएर उत्तीर्ण पनि थोरै नै हुने भएका कारण उनीहरूलाई पनि सोही पढाइमा समायोजन गर्ने गरिएको थियो । गत वर्षको एसइई ग्रेडवृद्धि परीक्षामा ६६.९७ प्रतिशत उत्तीर्ण भएका थिए ।

    यस पटक भने ग्रेडवृद्धि परीक्षामा धेरै विद्यार्थी सहभागी हुने र उत्तीर्ण पनि सोही अनुपातमा हुने अनुमान गरिएको छ । यी विद्यार्थीलाई पहिलादेखि नै सुरु गरिएको पढाइमा समायोजन गर्ने कि नयाँ कक्षा सञ्चालन गर्ने भन्ने विषयमा समस्या आउन सक्ने काठमाडौँका एक सामुदायिक विद्यालयका प्रधानाध्यापकले बताउनुभयो ।

    परीक्षामा अनुत्तीर्ण सबै परीक्षार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी हुन दिने निर्णय गरेपछि दुई लाख ४२ हजार ३१३ जनाले परीक्षामा बस्न पाउने भएका छन् । अधिकतम दुई विषयमा एनजी आएकालाई मात्रै ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था कार्यान्वयनमा आएको भए एक लाख १५ हजार ८३४ जनाले सहभागी हुने मौका पाउने थिए ।

    मन्त्रालयको निर्णयसँगै राष्ट्रिय परीक्षा बोर्डले शनिबारदेखि नै परीक्षाको तयारी सुरु गरिसकेको छ । बिदाको दिन भए पनि शनिबार पदाधिकारी तथा कर्मचारी कार्यालय गएर परीक्षाको विषयमा छलफल गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “सकेसम्म परीक्षा तथा नतिजा प्रकाशनको काम छिटो सम्पन्न गर्ने गरी तयारी गरेका छौँ ।”

    शुक्रबार मन्त्रालयले गरेको निर्णय अनुसार पाठ्यक्रम विकास केन्द्रले लेटर ग्रेडिङ निर्देशिका संशोधनका लागि मन्त्रालयमा प्रस्ताव पेस गर्नुपर्ने छ । साथै ठुलो सङ्ख्यामा विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा राख्नुपर्ने भएकाले परीक्षा सञ्चालन गरेर नतिजा प्रकाशन गर्न विगतको भन्दा धेरै समय लाग्ने छ । त्यसको प्रत्यक्ष प्रभाव कक्षा ११ को पढाइ सञ्चालनमा पर्ने छ । #गोरखापत्रबाट

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार