Oct 03 2026 | २०८३, आश्विन १७ गते

त्रिविमा कार्यकर्ता भर्ति गर्ने दिन गए : शिक्षामन्त्री श्रेष्ठ ।

त्रिविमा कार्यकर्ता भर्ति गर्ने दिन गए : शिक्षामन्त्री श्रेष्ठ ।

  • 599
    SHARES

  • त्रिविमा कार्यकर्ता भर्ति गर्ने दिन गए : शिक्षामन्त्री श्रेष्ठ ।

    असार, २३ काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिविमा कार्यकर्ता भर्ती गर्ने दिन गएको कताएकी छन् । मन्त्री श्रेष्ठले साविक पदमा विनियम मस्यौदाका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१’ जारी भएपछि यस्तो धारणा ब्यक्त गरेकी हुन्।

    ‘त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१’ अनुसार अब विश्वविद्यालयका डीन, क्याम्पस प्रमुख लगायतका पदमा उम्मेदवारले राजनीतिक दलमा आवद्ध नभएको स्वघोषणा गर्नुपर्ने भएको छ ।

    त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा स्वतन्त्र र नष्पक्ष रूपमा प्रतिस्पर्धा गराई, जवाफदेहिता एवम् विश्वसनीयतापूर्वक नियुक्ति गर्दा नियुक्त हुने व्यक्तिमा शिक्षामा गुणस्तर, पेशाधर्मिता, संस्थागत जवाफदेही एवम् आत्मविश्वास बढ्न गई कुशल नेतृत्व स्थापित हुन सक्छ भन्ने उदेश्यले प्रतिस्पर्धा गराउन वाञ्छनीय भएकाले, त्रिभुवन विश्वविद्यालय सँगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० को नियम १३३(२) र ३९७ ले दिएको अधिकार प्रयोग गरी त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले विनियमहरू बनाएको छ ।

    शिक्षामन्त्री श्रेष्ठेले भनेकी छन् ‘त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१’ अनुसार अब विश्वविद्यालयका डीन, क्याम्पस प्रमुख लगायतका पदमा उम्मेदवारले राजनीतिक दलमा आबद्ध नभएको स्वघोषणा गर्नुपर्ने भएको छ । शिक्षा सुधारको मुख्य अवरोध दलीय राजनीति हो । समस्या पहिचान भएपछि त्यसको समाधान खोज्नैपर्छ । स्वघोषणा गलत ठहरिए पदच्युत हुने गरी कार्यान्वयनमा खुट्टा कमाईएन भने त्रिवि सुधारका लागि यो एउटा युगान्तकारी कदम हुनेछ ।

    साथै विनियम मस्यौदा जारी गर्ने त्रिवि नेतृत्वप्रति आभार व्यक्त गर्दै नेपालको शिक्षा क्षेत्र र नेपालकै समग्र भविष्य बारे जिम्मेवार सबैले हरेक सरकार, प्रधानमन्त्री, मन्त्रीले यसलाई समर्थन र निरन्तरता दिर्नुपर्ने श्रेष्ठले बताएकी छन् ।

    FB_IMG_1720336192745.jpg

    images
    आइतवार, आषाढ २३ २०८१०२:४१:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार