Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिवि स्नातकोत्तर तहको संस्कृत काव्यशात्रको प्रश्नपत्र हुवहु दोहिरियो।

त्रिवि स्नातकोत्तर तहको संस्कृत काव्यशात्रको प्रश्नपत्र हुवहु दोहिरियो।

  • 721
    SHARES

  • त्रिवि स्नातकोत्तर तहको संस्कृत काव्यशात्रको प्रश्नपत्र हुवहु दोहिरियो।

    साउन, ११ गते काठमाडौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सञ्चालन गरेको परीक्षामा फेरि हुबहु प्रश्नपत्र दोहोरिएको छ। विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायको डीन कार्यालयले सञ्चालन गरेको नेपाली विषयको स्नातकोत्तर पहिलो सेमेष्टरको ‘संस्कृत काव्यशास्त्र’को प्रश्नपत्र अघिल्लो वर्षको हुबहु दोहोरिएको हो।

    त्रिभुवन विश्वविद्यालय डिन कार्यालयले गरेको लापरबाहीका कारण प्रश्नपत्र दोहोरिएको पाइएको छ । नेपाली केन्द्रीय विभागले दुई सेट प्रश्नपत्र बनाएर डीन कार्यालयलाई दिएको थियो। डीन कार्यालयले पुरानो प्रश्नपत्र प्रिन्ट गर्‍यो।

    IMG_20240726_062922.png

    नेपाली केन्द्रीय विभाग प्रमुख प्राडा. कृष्णप्रसाद न्यौपानेलेका अनुसा डिन कार्यालयको लापरबाहीले गर्दा पुरानो पश्न सोधिएको बताए । ‘हामीले दुई सेट प्रश्न डिन कार्यालयमा पठाएका थियौं । हामीले पठाएको प्रश्न सेटमा मोडरेटरहरूको हस्ताक्षर सहित लाहछाप गरेर पठाएका थियौं ।’ उनले भने, ‘डिन कार्यालयले बद्मासी गरेर त्यस्तो भएको हो । हामीले दुई सेट प्रश्नपत्र बनाएर दिएका थियौं उनीहरुले प्रिन्ट गर्दा पुरानो गरेछन् ।’

    त्रिविले यो विषयमा छानबिन गर्ने तयारी गरेको जनाएको छ।

    यसअघि २०७९ जेठ १८ गते (त्रिवि) को मानविकी संकायको अर्थशास्त्र विषयको स्नातकोत्तर तह तेस्रो सेमेष्टरको ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीति शास्त्रको पहिलो सेमेष्टरको ‘इन्टरन्याशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो। त्यसैगरी २०७९ असार २२ गते व्यवस्थापन संकायको बिबिए छैटौँ सेमेष्टरका लागि लिएको एमजिटी २०३ : अर्गनाइजेशन बिहेवियरको प्रश्नपत्र मोडर्न नेपाल कलेजको प्रि-बोर्डका लागि लिएको प्रश्नपत्रसँग हुबहु मिलेको तथ्य सार्वजनिक भएको थियो।

    images
    शुक्रवार, श्रावण ११ २०८१०६:४०:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार