बिहिवार, श्रावण १७ २०८१
साउन, १७ गते काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ३ वर्षे स्नातक तह एल. एल. बी. (नयाँ तथा पुरानो पाठ्यक्रम अनुसार) प्रथम वर्षको परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम खुला गरेको छ ।
२०७२ मा भर्ना भई २०७३ सालको प्रथम वर्षको परीक्षामा पहिलो पटक सामेल भएकाहरूको लागि यो परीक्षा अन्तिक पटक हुने सुचनामा उल्लेख छ ।
वार्षिक परीक्षा प्रणाली अनुसार २०७९ को २०८१ सालमा सञ्चालन हुने वर्षे स्नातक तह एल एल बी. पुरानो पाठ्यक्रम अनुसार आंशिक तर्फ र नयाँ पाठ्यक्रम अनुसार नियमित तथा आंशिक प्रथम वर्षको परीक्षा दिने परीक्षार्थीहरूका लागि फाराम खुला गरिएको जनाएको छ ।
परीक्षार्थीहरूले यही साउन १३ गते देखि भाद्र १ गते सम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ता भित्र दोब्बर दस्तुर सहित फारम भर्न सक्ने छन् ।


