Aug 12 2026 | २०८३, श्रावण २७ गते

सुदूरपश्चिम विश्वविद्यालयमा स्नातक तहमा भर्नाको लागि आवेदन खुला

सुदूरपश्चिम विश्वविद्यालयमा स्नातक तहमा भर्नाको लागि आवेदन खुला

  • 947
    SHARES

  • सुदूरपश्चिम विश्वविद्यालयमा स्नातक तहमा भर्नाको लागि आवेदन खुला

    साउन, २३ गते महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयका विभिन्न सङ्काय तर्फका सेमेस्टर प्रणालीमा आधारित स्नातक तहका निम्न अनुसारका शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र २०८१/८२ का लागि विद्यार्थी भर्नाको लागि आवेदन खुलेको छ। विश्वविद्यालयका विश्वविद्यालयका विभिन्न आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्नातक तहमा विद्यार्थी भर्नाका लागि आवेदन खुलेको हो।

    सुदूरपश्चिम विश्वविद्यालयले मानविकी (BA), शिक्षाशास्त्र (BEd., B.Ed. CSIT), ब्यबस्थापन (BBA, BBS BHM), बिज्ञान तथा प्रविधि (B.Sc. B.Sc.CSIT), कानून (BALLB), इन्जिनियरिङ (B.E. Civil, B.Ε. Computer B.Arch.), कृषि बिज्ञान (B.Sc. Ag.) र प्राकृतिक स्रोत व्यवस्थापन (B.Sc. Forestry) संकायमा भर्नाकोलागी आवेदन खुलेको जानकारी दिएको छ।

    भर्नाको २०८१ साउन २३ गतेदेखि २०८१ भदौ अन्तिम हप्ता (सम्बन्धित डीन कार्यालयद्वारा तोकिएको मिति अनुसार) आवेदन सिन सकिने छ। साथै प्रवेश परीक्षा सञ्चालन भदौको अन्तिम हप्तामा हुने छ।

    त्यसैगरी स्वास्थ्य विज्ञान स‌ङ्काय तर्फको भर्ना कार्यक्रम चिकित्सा शिक्षा आयोगको सूचना अनुसार हुनेछ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    FB_IMG_1723002403095.jpg

    images
    बुधवार, श्रावण २३ २०८१०९:५६:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार