Oct 02 2026 | २०८३, आश्विन १६ गते

बागमती प्रदेश विश्वविद्यालयको उपाध्यक्ष नियुक्तिका लागि आवेदन माग

बागमती प्रदेश विश्वविद्यालयको उपाध्यक्ष नियुक्तिका लागि आवेदन माग

  • 932
    SHARES

  • बागमती प्रदेश विश्वविद्यालयको उपाध्यक्ष नियुक्तिका लागि आवेदन माग

    साउन, २८ गते हेटौंडा । बागमती प्रदेश विश्वविद्यालयको उपाध्यक्ष नियुक्तिका लागि आवेदन माग गरेको छ ।

    योग्यता पुगेका उमेदवारगरुले यो सुचना जारी भएऊ१५ दिनभित्र कार्यालय समयमा संरक्षक समिति (बोर्ड अफ ट्रस्टी) को सचिवालय हेटौंडामा र सचिवालयमा उपस्थित हुन नसकेमा अनलाइमार्फत् bagmatiuniversity@gmail.com मा आवस्यक कागजात सहित आवेदन दिन सकिने छ।

    प्रदेश उच्च शिक्षा ऐन, २०७८ तथा नियमावली, २०७९, प्रदेश विश्वविद्यालयको विधान २०८१ र बागमती प्रदेश विश्वविद्यालयको उपाध्यक्ष सिफारिस सम्बन्धी कार्यविधि, २०८१ सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको वेबसाइट www.mosd.bagmati.gov.np बाट डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ ।

    विश्वविद्यालयको अवधारणा सहितको व्यावसायिक कार्य योजना (बढीमा ३,००० शब्द सम्म),र ५६ वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सकिने छ । साथै इच्छुक उम्मेदवारले कुनै राजनितिक दलको सदस्य नरहेको स्वःघोषणा,सहित आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

    मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा द्वितीय श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरेको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र सोभन्दा माथिको शैक्षिक योग्यता भएमा सो बमोजिमका प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि, शैक्षिक प्रमाणपत्रहरू त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त भएको हुनुपर्ने, कम्तीमा दस वर्ष विश्वविद्यालय अन्तर्गत शिक्षण अनुभव भएको वा सरकारी क्षेत्रको अनुभव भएको सम्बन्धित निकायबाट प्रमाणित कागजात,शैक्षिक प्रशासनिक अनुभव भएको प्रमाणित कागजात सहित आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

    यस्तो छ सूचना ।

    Screenshot_20240812-065813~2.png

    images
    सोमवार, श्रावण २८ २०८१०७:१६:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार