बुधवार, भाद्र ५ २०८१
भदौ, ५ गते काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयका पदाधिकारी र प्राध्यापकलाई सुरक्षा दिन शिक्षामन्त्रीले गृहमन्त्रालयसंग माग गरेकी छन। बुधबार बिहान शिक्षा मन्त्री भट्टराईले विश्वविद्यालयमा गुण्डागर्दि गर्ने छुट कसैलाई नभएको बताउँदै कारबाही गर्न गृहमन्त्रीलाई आग्रह गरेकी हुन्।
विश्वविद्यालयमा पदाधिकारी र प्राध्यापकहरुलाई फोन गर्दै धम्कि दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको उनको भनाई छ। ‘त्रिभुवन विश्वविद्यालयमा केहि दिनदेखि पदाधिकारीहरुमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरुलाई फोन गर्दै धम्कि दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ।’ मन्त्री भट्टराईले भनिन्, 'विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थाको प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु।
गुण्डागर्दि गर्ने छुट कसैलाई छैन यस्तो क्रियाकलापमा संग्लग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याइ कारबाही गर्न समेत म गृह मन्त्रालयलाई गम्भीरताका साथ अनुरोध गर्दछु।’