Oct 02 2026 | २०८३, आश्विन १६ गते

बिरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्ख्या दोब्बर वृद्धि

बिरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्ख्या दोब्बर वृद्धि

  • 768
    SHARES

  • बिरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्ख्या दोब्बर वृद्धि

    भदौ, ६ गते चितवन। त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीको सङ्ख्या दोब्बर वृद्धि भएको छ । वि.सं. २०७७ मा तीन हजार चार सय विद्यार्थी अध्ययन गरेको यस क्याम्पसमा हाल यो सङ्ख्या सात हजारमाथि पुगेको छ ।

    उक्त क्याम्पसमा मानविकी, विज्ञान, व्यवस्थापन र शिक्षा सङ्कायको स्नातक र स्नातकोत्तर तहमा पढाइ हुँदै आएको छ । क्याम्पस प्रमुख दयाराम पौडेलका अनुसार क्याम्पसमा नयाँ विषयको पठनपाठन थालेपछि विद्यार्थीको आकर्षण बढेको बताउनुहुन्छ।

    क्याम्पसमा स्नातकमा व्यवस्थापनतर्फ बिबिए र बिबिएस, विज्ञानतर्फ बिएस्सी, बिएस्सी सिएसआइटी, बिआइटी, बिएस्सी जुओलजी र माइक्रोबायोलोजीको पढाइ हुने गरेको छ भने शिक्षातर्फ बिएस र बिआइसिटीई विषयको पढाइ हुने गर्दछ ।

    त्यसैगरी स्नातकोत्तरमा विज्ञानतर्फ फिजिक्स र क्यामेस्ट्री, व्यवस्थापनतर्फ एमबिएस, मानविकीतर्फ नेपाली, अङ्ग्रेजी, अर्थशास्त्र, समाजशास्त्र र जनसङ्ख्या शिक्षाको पढाइ हुँदै आएको छ । यसै वर्षदेखि एमसिए र एमएडको पढाइ सञ्चालन गर्ने तयारी क्याम्पसले गरेको छ ।

    बिरेन्द्र बहुमुखी क्याम्पस प्रमुख पौडेलले भन्नुभयो, “शुल्क कम र गुणस्तरीय पढाइ हुने भएकाले यहाँ कोटा पाएसम्म विद्यार्थी अन्यत्र पढ्न जाँदैनन् ।” #रासस

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार