Oct 02 2026 | २०८३, आश्विन १६ गते

मध्यपश्चिम विश्वविद्यालयको पाठ्यक्रम निर्माण सम्बन्धी कार्यशाला आयोजना ।

मध्यपश्चिम विश्वविद्यालयको पाठ्यक्रम निर्माण सम्बन्धी कार्यशाला आयोजना ।

  • 686
    SHARES

  • मध्यपश्चिम विश्वविद्यालयको पाठ्यक्रम निर्माण सम्बन्धी कार्यशाला आयोजना ।

    भदौ, १७ गते काठमाडौ । मध्यपश्चिम विश्वविद्यालयले एक दिने पाठ्यक्रम निर्माण सम्बन्धी कार्यशाला आयोजना गरेको छ। विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमको प्रमुख आतिथ्यतामा समावेशी शिक्षाको पाठ्यक्रम निर्माण सम्बन्धी कार्यशाला आयोजना गरेको हो।

    मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ एजुकेशन, डिनको कार्यालयद्वारा आयोजित उक्त कार्यक्रम मध्यपश्चिम विश्वविद्यालय सहकार्य तथा विकास अध्ययन संस्थान (एमआइसिडी) को बैठक कक्षमा भएको थियो।

    NORHED- II (BIEPN) परियोजनाको आर्थिक र प्राविधिक सहयोगमा सम्पन्न उक्त एक दिने पाठ्यक्रम निर्माण सम्बन्धी कार्यक्रमबाट दुइ वर्षे स्नातकोत्तर तहको MEd in Inclusive Education कार्यक्रमको Course Cycle तयार गरिएको छ ।

    उक्त कार्यक्रमको अध्यक्षता मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ एजुकेशनका डीन प्रा डा. यम बहादुर कार्कीले गर्नुभएको थियो भने कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका शिक्षाशास्त्र संकायका डीन प्रा. डा. चित्रबहादुर बुढाथोकि, डीन प्रा. डा. शोभाखर कडेल, प्रा. डा. बासुदेव काफ्ले लगायतका विज्ञहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रमको सहजीकरण मपवि ग्र्याजुएट स्कुल अफ एजुकेशनका पुर्व सहायक डीन एवं NORHED-II का संयोजक उप-प्राध्यापक डा. बिष्णुकुमार खड्काले गर्नुभएको थियो ।

    images
    आइतवार, भाद्र १६ २०८१०४:०६:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार