मंगलवार, आश्विन १ २०८१
असोज, १ गते काठमाडौ । सुलभ र गुणस्तरीय शिक्षा, आधुनिक नेपालको आवश्यकता भन्ने पवित्र नाराका साथ स्थापित गितामाता (जि.एम्.) सामुदायिक क्याम्पसले स्थापनाको १४औं बार्षिकोत्सव मनाएको छ। २०६७ साल भदौ ३१ मा स्थानिय स्तरमै उच्चशिक्षा पढाउनुपर्छ भन्ने पबित्र उदेश्यका साथ स्थापित गरिएको गितामाता सामुदायिक क्याम्पसको स्थापनाको १४औं बार्षिकोत्सव कार्यक्रम आयोजना गरेको हो।
बार्षिकोत्सव समारोहमा गितामाता सामुदायिक क्यामस संचालक समितिका अध्यक्ष देब बहादुर अधिकारीको सभापतित्वमा प्रमुख अतिथि पुर्व संघिय मन्त्री जिवनराम श्रेष्ठको उपस्थित रहेको थियो। कार्यक्रममा बिशेष अतिथिको रुपमा प्रदेश शभा संसद मा. शैलेन्द्र मान बज्राचार्य, काठमाडौ महानगर वडा १५ का अध्यक्ष इश्वरमान डंगोल, प्रा.डा. ऋषिराम रिजाल लगाएत स्थानिय शैक्षिक ब्यक्तित्व, तथा भद्र, भलाद्मीहरुको उपस्थिति रहेको थियो।
यस सामुदायिक क्याम्पसमा त्रिभुवन विश्वविद्यालय ब्यबस्थापन संकाय अन्तर्गत BBS पढाई हुने गरेको छ। कलेजले बार्षिकोत्सव कार्यक्रममा स्नातक उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो।

बार्षिकोत्सव कार्यक्रममा स्वागत मन्तव्य दिदै क्याम्पस संचालन समितिको उपाध्यक्ष रामप्रसाद देबकोटाले गुणस्तरीय शिक्षा खोज्न ठूलो स्कुल र महंगो स्कुलहरु खोज्न जरुरी नभएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष इश्वरमान डंगोलले संस्थागत रुपमा विद्यालय तथा क्याम्पसलाई वडाको तर्फबाट गरेको सहयोग आफ्नो दायित्वको रुपमा लिएको भन्दै क्याम्पसले आफ्नो स्थर उन्नती गरिरहेको बताउनुभयो। साथै उहाँले सामुदायिक क्याम्पसमामा पढ्न स्थानीय स्थरमा नागरिकलाई उत्प्रेरित गर्नुपर्ने बताउनुभयो। साथै कक्षा १२ पढ्ने बित्तिकै बाहिर जाने प्रचलन शुभ संकेत नभएको भन्दै कम्तिमा स्नातक तह नेपालमै पढ्न प्रोत्साहित गर्नुपर्ने बताउनुभयो। साथै उहाँले संस्थाहरुमा हाम्रो होइन राम्रो मान्छेको नियुक्तिमा ध्यान दिनुपर्ने समेत बताउनुभयो।
त्यसैगरी प्रमुख अतिथि पुर्व संघिय मन्त्री जिवनराम श्रेष्ठले कलेजलाई जिवन्त राख्न र ब्यबस्थित गर्न आयोजना गरिएको कार्यक्रम सराहनीय छ भन्दै क्याम्पस स्थापित गर्न योगदान गर्ने ब्यक्तिलाई धन्यवाद दिनुभयो। न्यून सहयोगमा सामुदायिक कलेजहरुले महत्वपूर्ण योगदान दईरहेको सामुदायिक कलेजको बिकासमा जनप्रतिनिधिले शिक्षामा बढी जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
त्यसैगरी देश बिकास गर्ने सबैभन्दा प्रमुख कुरा शिक्षा भन्दै श्रेष्ठले शिक्षामा लगानी गर्न सकेनौ भने देश बिकास हुन नसक्ने बताउनुभयो । शिक्षा स्वास्थ्य समितिमा समेत काम गरेका श्रेष्ठले बिद्यालय शिक्षा बिधेयक राजनीतिक स्वार्थका कारण ल्याउन नसकेको बताउनुभयो। स्वार्थको कारण शिक्षा बिधेयक आउन सकेन। यो बिडम्बना हो। उहाँले भन्नुभयो, देशको समस्या राजनीति पार्टीहरुमै छ। यो समस्याको समाधान गर्नुपर्छ । त्यसैगरी नेताहरूकै आफ्नो बिद्यालय भएका कारण निजि विद्यालयलाई गुठिमा लाने नलाने बिषय गिजोलिएको कारण समेत शिक्षा बिधेयक ल्याउन ढिला भएको बताउनुभयो ।
उक्त कार्यक्रममा गितामाता सामुदायिक क्याम्पसका प्रमुख मनोज श्रेष्ठले विशेषगरी समुदायका निम्न आय भएका सर्वसाधारणका छोरीछोरीले सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले स्थापित क्याम्पसको १४औं बार्षिककोत्सवको अवसरमा शुभकामना ब्यक्त गर्नुभयो। उहाँले १४औं बार्षिक उत्सवलाई बिशेष र पहिलो समारोहकोरुपमा मनाई विद्यार्थीहरुलाई सम्मान गर्न पाउनु खुशीको क्षण भएको बताउनुभयो।

क्याम्पस प्रमुख श्रेष्ठले हाल कलेजमा एउटा लाइब्रेरी र १५ वटा कम्प्युटर जडित प्रयोगशाला रहेको कह्ह भने कलेजको आफ्नै स्वामित्वमा जग्गा र भवन रहेकोले यसको बिस्तारकोलागी लागि पर्ने बताउनुभयो। साथै उहाँले त्रिभुवन विश्वविद्यालयले अरु फरक बिषयमा पढाउने अवसर नदिएको गुनासो समेत गर्नुभयो।
समारोहको अन्त्यमा क्याम्पस संचालन समितिका अध्यक्ष देब बहादुर अधिकारीले उपस्थित शैक्षिक व्यक्तित्व, शिक्षक,विद्यार्थी तथा स्थानिय भद्र भलाद्मीहरुलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नुभयो ।
गितामाता कलेजमा यसै बर्षदेखी काठमाडौ महानगरपालिका वडा १५ को सहयोगमा तीन जना प्रथम बर्ष अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने र त्यसको लागि वडाले ५ लाख बजेट दिएको छ।
त्यसैगरी चौथो बर्ष कलेज टप गर्ने विद्यार्थीलाई क्याम्पस संचालन समितिका अध्यक्ष देब बहादुर अधिकारीद्वारा स्थापित बिरभवानी नर्सिङ देब अधिकारी स्मृति अवार्ड छात्रवृत्ति रकम रु १० हजार छात्रवृत्ति दिनेभएको छ।