Oct 02 2026 | २०८३, आश्विन १६ गते

ग्लोबल कलेज इन्टरनेसनलले पायो गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (QAA) प्रमाणपत्र ।

ग्लोबल कलेज इन्टरनेसनलले पायो गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (QAA) प्रमाणपत्र ।

  • 816
    SHARES

  • ग्लोबल कलेज इन्टरनेसनलले पायो गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (QAA) प्रमाणपत्र ।

    कार्तिक, १२ गते काठमाडौ । ग्लोबल कलेज इन्टरनेशनल (GCI) ले विश्वविद्यालय अनुदान आयोग (UGC) बाट गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (QAA) प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । विश्वविद्यालय अनुदान आयोगद्वारा निर्धारण गरेका विभिन्न मापदण्ड र सुचाङ्कहरु पुरा गर्दै विशेषज्ञहरूको टोलीले विस्तृत मूल्यांकन गरे पश्चात ग्लोबल कलेज इन्टरनेशनललाई उक्त प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

    FB_IMG_1730112749994.jpg

    यस संगै ग्लोबल कलेज इन्टरनेशनल विश्वविद्यालय अनुदान आयोग (यूजीसी) द्वारा प्रदान गरिने उच्च शिक्षाको गुणस्तर प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्त गर्ने मध्य–पश्चिमाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त नेपालको पहिलो कलेज समेत बन्न सफल भएको छ । यसअघि गुणस्तर प्रत्यायन प्रक्रियामा प्रवेश गर्न अनुमति पाएपछि कलेजले सन् २०१९ मा स्व-अध्ययन प्रतिवेदन पेस गरेको थियो ।

    विश्वविद्यालय अनुदान आयोगद्वारा आयोजित एक समारोह बीच आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीज्यूको प्रमुख आतिथ्यमा एवं मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. तीर्थराज खनियाँ, पीआरटी संयोजक प्रा. डा. मनप्रसाद वाग्ले लगाएतको विशिष्ट आतिथ्यतामा ग्लोबल कलेज इन्टरनेशनललाई उक्त प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

    ग्लोबल कलेज इन्टरनेसनललाई QAA को प्रमाणपत्र प्रदान गर्दै PTR संयोजकहरु, आमन्त्रित विशिष्ट व्यक्तिहरु समक्ष प्रमुख अतिथि एवं विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले आफ्नो मन्तव्यका क्रममा QAA को उपलब्धिका लागि सम्पूर्ण व्यवस्थापन टोली, कार्यकारी प्रमुख, शिक्षक-कर्मचारीहरु र विद्यार्थीहरुलाई सम्बोधन गर्दै सबैको सामुहिक प्रयास र समर्पणका लागि कृतज्ञता व्यक्त गरे।

    प्रमाणपत्र ग्रहण गर्दै कलेजका अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझाले कलेजसंग सम्बन्धित सम्पूर्णको सामूहिक प्रयासले उक्त सफलता हासिल गरेको र आगामी दिनमा थप शैक्षिक उत्कृष्टता हासिल गर्नेमा ध्यान केन्द्रित रहने उल्लेख गरे।

    images
    सोमवार, कार्तिक १२ २०८१०५:२६:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार