Oct 02 2026 | २०८३, आश्विन १६ गते

महिला र दलित विद्यार्थीलाई स्नातक अध्ययन शुल्कमा ५० प्रतिशत छुट

महिला र दलित विद्यार्थीलाई स्नातक अध्ययन शुल्कमा ५० प्रतिशत छुट

  • 714
    SHARES

  • महिला र दलित विद्यार्थीलाई स्नातक अध्ययन शुल्कमा ५० प्रतिशत छुट

    कार्तिक, २४ गते । खोटाङको रावाबेंसी गाउँपालिका-२ खार्पामा सञ्चालित रावा क्याम्पसले स्नातक तहमा अध्ययन गर्ने महिला र दलित समुदायका विद्यार्थीलाई स्नातक अध्ययन शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ।

    क्याम्पस प्रमुख दीपक पोखरेलका अनुसार क्याम्पस व्यवस्थापन समितिले महिला र दलित विद्यार्थीलाई छुट दिने निर्णय कार्यान्वयनमा आइसकेको जानकारी दिए। साथै अन्य विद्यार्थीलाई पनि २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। IMG_20241109_195151.png

    रावा क्याम्पसमा अध्ययनरत स्नातक तहका सबै विद्यार्थीले वर्षमा १० हजार शुल्क बुझाउनुपर्थ्यो। यस वर्षबाट महिला र दलित समुदायका विद्यार्थीले पाँच हजार र अन्य विद्यार्थीले सात हजार पाँच सय मात्र बुझाउनुपर्छ, उनले भने। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त रावा क्याम्पसमा शिक्षा शास्त्र सङ्कायमा स्नातक तहको पठनपाठन भइरहेको छ।

    विसं २०६५ मा स्थापना भएको रावा क्याम्पसमा खोटाङसहित छिमेकी जिल्ला ओखलढुङ्गाका विद्यार्थी अध्ययनरत छन्। क्याम्पसका लागि आवश्यक कक्षाकोठा र छात्राबासको भवन भारतीय दूतावासको आर्थिक सहयोगमा निर्माण गरिएको छ।

    images
    शनिवार, कार्तिक २४ २०८१०७:५५:३३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार