Oct 02 2026 | २०८३, आश्विन १६ गते

शंकरदेव क्याम्पस प्रमुखको लागि आवेदन माग

शंकरदेव क्याम्पस प्रमुखको लागि आवेदन माग

  • 644
    SHARES

  • शंकरदेव क्याम्पस प्रमुखको लागि आवेदन माग

    कार्तिक, २५ गते काठमाडौ। त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालय क्याम्पस प्रमुख छनोट समितीले शंकरदेव क्याम्पसको प्रमुखको लागि आवेदन माग गरेको छ।

    त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० (२०८०/३/१२ सम्मको संशोधन सहितको परिच्छेद ५२ को नियम १८५।२) र त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम, २०८१ को परिच्छेद १९ बमोजिम शंकरदेव क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदका लागि आवेदन माग गरेको हो।

    इच्छुक उम्मेदवारहरुले यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्रमा विनियम ३९(२) मा व्यवस्था भए बमोजिम आवश्यक कागजातहरु र आशयपत्र सक्कलप्रति (हार्डकपी) सहित CCScommittee@tu.edu.np मा शिक्षाध्यक्षको कार्यालयमा सिलवन्दी गरी बुझाउन अनुरोध गरेको छ।

    साथै विस्तृत विवरणका लागि त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्वन्धी विनियम, २०८१ website: tu.edu.np मा गएर बुझ्न सकिने जानकारी दिएको छ।

    IMG_20241110_065458.png

    images
    आइतवार, कार्तिक २५ २०८१०७:५२:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार