Oct 02 2026 | २०८३, आश्विन १६ गते

एउटै भवन एकभन्दा बढी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गर्न नपाइने

एउटै भवन एकभन्दा बढी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गर्न नपाइने

  • 576
    SHARES

  • एउटै भवन एकभन्दा बढी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गर्न नपाइने

    मंसिर, ४ गते काठमाडौ। एउटै भवन एकभन्दा बढी नेपाली वा विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गर्न नपाइने भएको छ। शिक्षा बिज्ञान तथा प्रविधी मन्त्रालयले विदेशी शिक्षण संस्थाहरुको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने शिक्षण संस्थाहरूलाई पत्राचार गर्दै यस्तो एक वर्ष भित्र अनिवार्य रूपमा अलग अलग स्थानमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएको हो।

    विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन सम्बन्धी निर्देशिका, २०५९ बमोजिम अनुमति लिई सञ्चालनमा रहेका कलेजहरूलाई थप व्यवस्थित र प्रभावकारी तवरबाट सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०८१/७/५ को निर्णय (मा. मन्त्रिस्तर) बमोजिम स्वीकृत कार्ययोजना अनुसार त्यस प्रकार सञ्चालित शिक्षण संस्थाहरूले एउटै भवन एकभन्दा बढी नेपाली वा विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गर्न नपाइने उल्लेख गरेको छ।

    साथै विदेशी शिक्षणसंस्थाबाट सम्बन्धन लिई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुमति लिई सञ्चालनमा रहेका सबै शिक्षण संस्थाहरूले तिन वर्ष भित्र विश्वविद्यालय अनुदान आयोगबाट QAA (Institutional) प्राप्त गरिसकेको हुनु पर्ने र यसका लागि सम्बन्धित कलेजले अविलम्ब प्रक्रिया थाल्नु पर्ने र प्रकृया थालनी गरेको विषय विवरण सहित मन्त्रालयमा जानाकारी गराउनुपर्ने मन्त्रालयले जानकारी दिएको छ।

    प्रत्येक शिक्षण संस्थाले छुट्टा छुट्टै डेडिकेटेड पूर्णकालीन प्रिन्सिपलको अविलम्ब व्यवस्था गर्नुपर्ने र निजहरुको सम्पर्क नम्बर सहितको नाम नामेसी विवरण मन्त्रालयमा उपलव्ध गराउनुपर्ने पत्रमा उल्लेख छ।

    त्यस्तै विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुमति लिई सञ्चालनमा रहेका सबै शिक्षण संस्थाहरूले निम्नानुसारको ढाँचामा वार्षिक प्रतिवेदन तयार गरी माघ महिना भित्र मन्त्रालय समक्ष पेस गर्नु पर्नेछ।

    यस्तो छ प्रतिवेदनको ढाँचा

    • परिचय तथा पृष्ठभूमी र वर्तमान अवस्था

    • कलेजको बार्षिक शैक्षिक क्यालेण्डर र सो को कार्यान्वयन

    • कलेज सम्बन्धि विचरणहरुः हाल सञ्चालित कार्यक्रम, अध्ययनरत विद्यार्थी सङ्ख्या (कार्यक्रमगत र सेमेष्टरगत छात्र र छात्रा खुल्ने गरी), शिक्षक (नाम, योग्यता, पूर्णकालीन वा आंशिक अध्यापन गर्ने विषय र तह, स्वदेशी वा विदेशी तथा लिङ्ग खुल्ने गरी), भौतिक पूर्वाधार (जग्गा र भवन तथा प्रयोगशाला, पुस्ताकालय आदि) तथा निर्देशिका बमोजिम १० प्रतिशत विद्याधर्थीले छात्रवृत्ति पाएको विवरण

    • कलेजले गरेका असल अभ्यासहरू

    • कलेजका भावी योजनाहरू

    FB_IMG_1732017730106.jpg

    images
    मंगलवार, मंसिर ४ २०८१०६:०६:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार