Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिविको स्वर्ण दीक्षान्त समारोहमा १४ हजार विद्यार्थी दीक्षित हुँदै

त्रिविको स्वर्ण दीक्षान्त समारोहमा १४ हजार विद्यार्थी दीक्षित हुँदै

  • 863
    SHARES

  • त्रिविको स्वर्ण दीक्षान्त समारोहमा  १४ हजार विद्यार्थी दीक्षित हुँदै

    मंसिर, २० गते काठमाडौं। त्रिभुवन विश्वविद्यालयले स्वर्ण दीक्षान्त समारोह मनाउँदै छ । विश्वविद्यालयले आगामी पुस १३ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५०औँ वर्ष अर्थात स्वर्ण दीक्षान्त समारोह मनाउन लागेको हो।

    स्वर्ण दीक्षान्त समारोहमा यसपटक १४ हजार तीन सय सात विद्यार्थी दीक्षित हुने जानकारी दिइएको छ। साथै सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता हुनेछन्। समारोहका उपाध्यक्ष तथा त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्त समारोह हुन थालेको ५० वर्ष पुगेको अवसरमा स्वर्ण समारोह गर्न लागिएको जानकारी दिए ।

    समारोहमा विसं २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७३ हजार नौ सय ९५ जना ‘ग्रेस लिस्ट’ भएका विद्यार्थी दीक्षित हुँदैछन् । समारोहमा विभिन्न १७ वटा पदकसमेत प्रदान गरिने छ । उनले प्रमुख अतिथिको टुङ्गो लाग्न बाँकी रहेको बताए । रासस

    images
    बिहिवार, मंसिर २० २०८१०८:०४:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार