Oct 04 2026 | २०८३, आश्विन १८ गते

विश्वविद्यालयका विद्यार्थीहरू बीच स्स्टिम सामाग्री निर्माण प्रतिस्पर्धा गराइने

विश्वविद्यालयका विद्यार्थीहरू बीच स्स्टिम सामाग्री निर्माण प्रतिस्पर्धा गराइने

  • 528
    SHARES

  • विश्वविद्यालयका विद्यार्थीहरू बीच स्स्टिम सामाग्री निर्माण प्रतिस्पर्धा गराइने

    मंसिर, २८ गते काठमाडौ। शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयका विद्यार्थीहरू बीच स्टिम सामाग्री (STEAM Materials) निर्माण प्रतिस्पर्धा गराउने भनेको छ। मन्त्रालयले आर्थिक वर्ष. २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम विश्वविद्यालय वा विश्वविद्यालयका आङ्गिक वा सम्बन्धन प्राप्त क्याम्पस/कलेज/महाविद्यालयमा अध्ययनरत विद्यार्थीबिच STEAM Materials निर्माण प्रतिस्पर्धा गराउने भएको हो ।

    यस वर्षको प्रतिस्पर्धाको विषय "विद्यालय तहको कक्षा ४-१० मा प्रयोग हुने विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग, कला, गणित (STEAM) सिकाई सामाग्री निर्माण" रहेको छ।

    यस कार्यक्रम अन्तर्गत पहिलो चरणमा विश्वविद्यालय वा विश्वविद्यालयको सम्बन्धन वा आङ्गिक क्याम्पस वा कलेज वा महाविद्यालयमा उच्च शिक्षाको तहमा अध्ययनरत विद्यार्थी वा विद्यार्थीको समूहवाट निवेदन माग गरिने, प्राप्त हुन आएका निवेदनबाट दोश्रो चरणका लागि समूह छनोट गरिने र विद्यार्थी समूहलाई आफ्नो सोच अनुसारको वस्तु निर्माण गर्न चार महिनाको समय दिइने जानकारी दिएको छ।

    गत आर्थिक वर्षहरुमा संचालित प्रतिस्पर्धा कार्यक्रममा समावेश भएका सामग्री पुनः सोहि डिजाइनमा प्रस्तुत गर्न पाइने छैन । दोश्रो चरणको लागि छनोट भएको विद्यार्थी वा विद्यार्थीको समूहलाई "विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग, कला, गणित (STEAM) विषयमा विश्वविद्यालयस्तरीय प्रतियोगितात्मक कार्यक्रम संचालन सम्बन्धी कार्यविधि, २०८१" वमोजिम प्रति सामाग्री अधिकतम नेपाली रुपैयाँ पचास हजार सहयोग रकम प्रदान गरिने छ ।

    प्रतिष्पर्धामा सहभागी हुन चाहनुहुने विद्यार्थीले यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्रमा कार्यालय समयभित्र आई पुग्ने गरी उक्त कार्यविधिको अनुसूची-२ को खण्ड (क) र (ख) बमोजिमको ढाँचामा यस मन्त्रालयमा आइपुग्ने गरी वा सबै आवश्यक कागजात प्रमाणित गरेर स्क्यान गरी innovation@moest.gov.np मा ईमेल गरी निवेदन दिनुहुन अनुरोध छ । म्याद नाघी दर्ता हुन आएका वा रीत नपुगेका निवेदन छनोटका लागि समावेश हुने छैन । उल्लिखित कार्यविधि यस मन्त्रालयको वेभसाइट www.moest.gov.np बाट हेर्न वा डाउनलोड गर्न सकिने व्यहोरा सम्बन्धित सबैको लागि अनुरोध गरिएको छ ।

    images
    शुक्रवार, मंसिर २८ २०८१०८:३४:४५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार