Oct 02 2026 | २०८३, आश्विन १६ गते

विश्वविद्यालयहरूमा तालाबन्दी नगर्न शिक्षा मन्त्रालयको अपिल

विश्वविद्यालयहरूमा तालाबन्दी नगर्न शिक्षा मन्त्रालयको अपिल

  • 711
    SHARES

  • विश्वविद्यालयहरूमा तालाबन्दी नगर्न शिक्षा मन्त्रालयको अपिल

    माघ, ६ गते/काठमाडौ। शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न पेशागत तथा विद्यार्थी सङ्गठनलाई विश्वविद्यालयहरूमा तालाबन्दी नगर्न शिक्षा मन्त्रालयको अपिल गरेको छ। मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै पेशागत तथा विद्यार्थी संगठनका नामवाट विभिन्न विश्वविद्यालय अन्तर्गतका क्याम्पस तथा शैक्षिक सेवा प्रवाह गर्ने संस्थाहरूमा तालाबन्दी, हड्ताल लगायतका गतिविधि कायमै रहेकोमा ध्यानाकर्षण गर्दै तालाबन्दी नगर्न अपिल गरेको हो।

    शिक्षा प्राप्त गर्ने हरेक व्यक्तिको नैसर्गिक तथा मौलिक अधिकार हो। मन्त्रालयले जारी गरेको सुचनामा भनिएको छ, 'शिक्षा आर्जन गर्ने प्रक्रिया र शैक्षिक सेवा प्रवाहमा कहीं कतैबाट कुनै पनि प्रकारको अवरोध सिर्जना हुनु हुँदैन भन्ने मान्यता रहेको हुन्छ।

    स्वच्छ र स्वस्थ वातावरणमा आर्जन गरेको ज्ञान तथा सिप एवम् सेवा प्रवाह मार्फत नै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खालका नयाँ, सिर्जनात्मक तथा प्रवर्तनात्मक कार्यहरू सम्पादन हुन सक्छन्। तर अझैपनि विभिन्न पेशागत तथा विद्यार्थी सङ्गठनका नामवाट विभिन्न विश्वविद्यालय अन्तर्गतका क्याम्पस तथा शैक्षिक सेवा प्रवाह गर्ने संस्थाहरूमा तालाबन्दी, हड्ताल लगायतका गतिविधि कायमै रहेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तिमा उल्लेख छ।

    आफ्नो हकको माग गर्दा आम विद्यार्थीको सुरक्षित र शान्तिपूर्ण वातावरणमा निर्वाध रूपमा ज्ञान आर्जन गर्न र सिक्न पाउने अधिकारको हनन हुने गरी शैक्षिक संस्थाभित्र अवरोध गर्ने गतिविधि भइरहनु उपयुक्त मन्त्रालयको धारणा रहेको छ।

    शिक्षण संस्था शैक्षिक गतिविधि सञ्चालन गर्ने पवित्र स्थल भएका कारण यस्ता संस्थामा हुने कुनै पनि प्रकारका तालावन्दी र हड्तालले विद्यार्थीको भविष्यमा नकारात्मक प्रभाव पार्ने मात्र नभई विद्यार्थीको शिक्षा प्राप्त गर्ने मौलिक हकको समेत हनन् हुने हुँदा यस प्रकारका गतिविधि शिक्षण संस्थामा नगर्नु नगराउनु हुन अपिल गरेको छ।

    साथै मन्त्रालयले त्यस्ता कार्यमा आवश्यक समन्वय, सहयोग र सहजीकरण गरिदिन स्थानीय प्रशासनलाई समेत मन्त्रालय हार्दिक अनुरोध गर्दछ। कुनै पनि शिक्षण संस्था तथा शैक्षिक सेवा प्रवाह गर्ने संस्थामा भइरहेका त्यस्ता गतिविधिको अन्त्य गरी शिक्षा प्राप्त गर्ने व्यक्तिको आधारभूत मानव अधिकारको संरक्षण गर्दै संविधान प्रदत्त मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गर्न र शैक्षिक सेवा प्रवाहको निरन्तरता सुनिश्चित गर्ने व्यवस्था गर्न आवश्यक सहयोग, समन्वय र सहजीकरणको लागि मन्त्रालय सदैव प्रतिवद्ध रहेको व्यहोरा जानाकारी गराउदछौ मन्त्रालयले जारिगरेको बिज्ञप्तिमा उल्लेख छ।

    FB_IMG_1737287105122.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार