Aug 13 2026 | २०८३, श्रावण २८ गते

काठमाडौ विश्वविद्यालयको कायममुकायम उपकुलपतिको जिम्मेवारी वाग्लेलाई

काठमाडौ विश्वविद्यालयको कायममुकायम उपकुलपतिको जिम्मेवारी वाग्लेलाई

  • 885
    SHARES

  • काठमाडौ विश्वविद्यालयको कायममुकायम उपकुलपतिको जिम्मेवारी वाग्लेलाई

    माघ, ८/ काठमाडाैँ । काठमाडौ विश्वविद्यालयको कायममुकायम उपकुलपतिको जिम्मेवारी प्रा.डा. अच्युतप्रसाद वाग्लेले पाएका छन्। कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को व्यवस्था नभएसम्म काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार वाग्लेलाई कायममुकायम उपकुलपतिको जिम्मेवारी दिएका हुन्।

    उपकुलपति भोला थापाको कार्यकाल आइतबार सकिएको थियो। ‘सम्माननीय प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कुलपतिज्यूको मिति २०८१ माघ ०७ को निर्णयअनुसार काठमाडौं विश्वविद्यालय कार्याव्यवस्था नियम, २०४९ को परिच्छेद- ५ को दफा ५.४ को खण्ड (ट) बमोजिम अर्को व्यवस्था नभएसम्मको लागि उपकुलपतिबाट गरिने सम्पूर्ण काम वाग्लेलाई दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।

    नयाँ उपकुलपति चयनको प्रक्रिया विभिन्न कारणले अल्झिरहेका बेला प्रधानमन्त्रीले वाग्लेलाई कायममुकायमकाे जिम्मेवारी दिएका हुन्।

    प्राध्यापक डा. अच्युत वाग्ले यसअघि २ असोज २०७९ मा काठमाडौ विश्वविद्यालय ऐनको दफा १५(१) अनुसार उपकुलपति प्राध्यापक भोला थापाको सिफारिसमा रजिष्ट्रार नियुक्त भएका थिए। उनले त्रिभुवन विश्वविद्यालयबाट एम.ए. र बेलायतको बर्मिङ्घम विश्वविद्यालयबाट अर्थशास्त्रमा एम.एस्सी. गरेका छन्। उनले भारतको प्रतिष्ठित शैक्षिक संस्था इण्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजी कानपुरबाट अर्थशास्त्रमै पीएचडी गरेका छन्।

    images
    मंगलवार, माघ ८ २०८१०७:५१:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार