बुधवार, माघ २३ २०८१
माघ, २३ गते/ काठमाडौ। त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले विभिन्न पदमा कर्मचारी पदपूर्तिका लागि आवेदन माग गरेको छ । विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायका निमित्त निम्न लिखित प्रशासनिक प्राविधिक पदहरु बढुवा, आन्तरिक तथा खुला/समावेशी, प्रतियोगिताद्वारा पदोन्नति तथा स्थायी पदपूर्ति गर्नका लागी आवेदन माग गरेको हो।
कर्मचारी नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियम, २०७३ (२०८१ मंसीर २० गतेसम्मको संशोधनसहित) मा भएको व्यवस्था बमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरूबाट मिति २०८१ माघ २३ गते देखि २०८१ फागुन १७ गते रातको १२ भित्र दोब्बर दस्तुर तिरेर मिति २०८१ चैत ०५ गते रातको १२ बजे भित्र आवेदन दिन सकिने भएको छ।
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको वेवसाइट www.tusc.tu.edu.np मा अंकित Online Application मार्फत अनलाइन दरखास्त आव्हान दिन सकिने छ। साथै कर्मचारी नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियम, २०७३ (२०८१ मंसीर २० गतेसम्मको संशोधनसहित) आयोगको website मा राखिएको छ ।
