Aug 13 2026 | २०८३, श्रावण २८ गते

बिदेशमा अध्यन निरन्तरता दिन नपाएकाले केयुमा पुनः पढ्न ओपन हाउस छलफल हुँदै

बिदेशमा अध्यन निरन्तरता दिन नपाएकाले केयुमा पुनः पढ्न ओपन हाउस छलफल हुँदै

  • 876
    SHARES

  • बिदेशमा अध्यन निरन्तरता दिन नपाएकाले केयुमा पुनः पढ्न ओपन हाउस छलफल हुँदै

    फागुन, १३ गते/ धुलिखेल । बिबिध कारणले बिदेशका विश्वविद्यालयमा अध्यायनलाई निरन्तरता दिन नपाएका विद्यार्थीहरुलाई पुन: पढ्न काठमाडौ विश्वविद्यालयले Open House छलफल आयोजना गर्ने भएको छ। विश्वविद्यालयले एक सूचना जारी गर्दै सो जानकारी दिएको हो।

    विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययन निरन्तरतामा विविध कारणले समस्या भोगिरहेका विद्यार्थीहरूलाई अध्ययन पूरा गर्न यथासम्भव सहयोग गर्ने उद्देश्यले वस्तुस्थिति बुझ्नका यसका लागि काठमाडौं विश्वविद्यालयले Open House छलफल आयोजना गर्ने जनाएको छ।

    विदेशी विश्वविद्यालयमा अध्ययन गरिसकेका बिधा (Streams) र विषयहरू (Subjects) मा काठमाडौ विश्वविद्यालयको नियमानुसार योग्य विद्यार्थीहरूले क्रेडिट ट्रान्स्फर एवं क्रेडिट सङ्कलन (Credit Accumulation) प्रक्रियामार्फत अध्ययन निरन्तरता सम्बन्धी फागुन १६ मा छलफल कार्यक्रममा सहभागी हुन आमन्त्रण समेत गरेको छ।

    छलफलमा सहभागी हुन चाहने विद्यार्थीहरूलाई https://forms.gle/mSqDxhB9dpejMH2s6 मा दिइएको फारम भरी उपस्थितिका लागि अनुरोध गरेको छ साथै भौतिक रूपमा उपस्थित हुन नसक्ने विद्यार्थीको हकमा फारम भर्दा राखिएको इमेल ठेगानामा Virtual Meeting का लागि लिङ्ग पठाइनेछ सूचनामा उल्लेख छ ।

    Screenshot_2025-02-25-07-23-08-90_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    images
    मंगलवार, फाल्गुण १३ २०८१०८:३२:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार