Oct 02 2026 | २०८३, आश्विन १६ गते

इन्डियाको केआईआईटी घटनापछि स्वदेश फर्कन बाध्य विद्यार्थी त्रिविमा भर्ना हुन पाउने

इन्डियाको केआईआईटी घटनापछि स्वदेश फर्कन बाध्य विद्यार्थी त्रिविमा भर्ना हुन पाउने

  • 658
    SHARES

  • इन्डियाको केआईआईटी घटनापछि स्वदेश फर्कन बाध्य विद्यार्थी त्रिविमा भर्ना हुन पाउने

    फागुन, १४ गते/ काठमाडौं । इन्डियाको ओडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि उत्पन्न परिस्थितिका कारण नेपाल फर्कन बाध्य भएका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयमा भर्ना हुन पाउने भएका छन् ।

    त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले एक विज्ञप्ति जारी गर्दै स्वदेश फर्कन बाध्य नेपाली विद्यार्थी क्रेडिट ट्रान्सफर नीति अनुसार विश्वविद्यालयमा सञ्चालित कार्यक्रम वा विषयमा भर्ना हुन सक्ने जानकारी दिएको छ ।

    इच्छुक विद्यार्थी एवं अभिभावकहरूले त्रि.वि. रेक्टर कार्यालयको इमेल ठेगाना rectoroffice@tu.edu.np वा rector@tu.edu.np मा सम्पर्क गर्न समेत आह्वान गरेको छ ।

    FB_IMG_1740498605005.jpg

    images
    बुधवार, फाल्गुण १४ २०८१०७:३३:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार