Oct 02 2026 | २०८३, आश्विन १६ गते

संघीय शिक्षा ऐन ल्याउने तयारीमा सरकार !

संघीय शिक्षा ऐन ल्याउने तयारीमा सरकार !

  • 752
    SHARES

  • संघीय शिक्षा ऐन ल्याउने तयारीमा सरकार !

    काठमाडौं – शिक्षा,विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी थालेको बताउनुभएको छ ।

    बिसं २०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय समेट्न नसकेको उल्लेख गर्दै सबै विषय समेट्नेगरी संघीय शिक्षा ऐनको तयारी भैरहेको बताउनुभयो ।

    मन्त्री श्रेष्ठले जनताका छोराछोरीलाई सरकारी विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न गुणस्तरीय शिक्षा आवश्यक रहेको र त्यसको लागि सरकारी विद्यालयको स्तर उन्नति आवश्यक रहेको बताउनुभयो । राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले सरकारको पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा नै भएको स्पष्ट पारे ।

    सो अवसरमा उहाँले शिक्षकको पद र पेशालाई सम्मान गर्ने दायीत्व भएको बताउनुभएको । अभिभावकले विदेशमा सरकारी विद्यालयलाई पहिलो प्राथमिकता दिने गरेको उल्लेख गर्दै अब नेपालमा पनि सरकारी विद्यालयलाई व्यवस्थित बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    images
    मंगलवार, फाल्गुण २५ २०७७०४:४८:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार