Oct 02 2026 | २०८३, आश्विन १६ गते

विद्यार्थी नेताको दादागिरी : त्रिविका रेक्टर र डीन कार्यालयको फाइल फाले, कुर्सी भाँचे ।

विद्यार्थी नेताको दादागिरी : त्रिविका रेक्टर र डीन कार्यालयको फाइल फाले, कुर्सी भाँचे ।

  • 954
    SHARES

  • विद्यार्थी नेताको दादागिरी : त्रिविका रेक्टर र डीन कार्यालयको फाइल फाले, कुर्सी भाँचे ।

    काठमाडौ। त्रिभुवन विश्वविद्यालय सत्तारूढ कांग्रेसनिकट नेविसंघका नेतासहितको समूहले रेक्टर र डीन कार्यालय तोडफोड गरेको छन्। नेविसंघबाट स्ववियु सदस्यमा निर्वाचित नरेन्द्र साउद, त्रिवि संघर्ष समितिका संयोजक सिकेन्द्र रोकायालगायत ६ जनाको समूहले रेक्टर खड्ग केसी र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिन शंकर खनालको कार्यकक्षमा तोडफोड गरेका छन्।

    शुक्रबार बिहान साढे १० बजे ६ जना विद्यार्थीको समूह प्रवेश गर्‍यो । ‘रेक्टर सर खोई ?’ भन्दै भित्र पसेको उक्त समूह एकाएक तोडफोडमा उत्रियो । रेक्टरको कुर्सी भाँच्यो अनि फाइलहरू यत्रतत्र फालेर बाहिरियो । त्यहाँका प्रत्यक्षदर्शी कर्मचारिले भने। कर्मचारीहरूले विद्यार्थीलाई तोडफोड नगर्न र बसेर छलफल गर्न आग्रह गरे । तर उनीहरूले टेरेनन् । ‘किन आवेशमा आएको ? रेक्टर सर आउँदैहुनुहुन्छ, बसेर सल्लाह गरौं भनेको हो, मानेनन्,’ एक कर्मचारीले भने, ‘कार्यकक्षमा रहेका टेबुलहरू तोडफोड गरेर हामीलाई थर्काउँदै विद्यार्थी हिँडे ।’ घटना हुँदा रेक्टर प्राडा खड्ग केसी कार्यालय आइपुगेका थिएनन् ।

    घटना बारे शिक्षाध्यक्ष केसीलाई रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले घटनाबारे फोनबाट जानकारी गराएका थिए। यद्यपि तोडफोड गर्ने समूहको मागबारे पनि आफूलाई थाहा नभएको केसीले बताए । ‘के माग हो, त्यो पनि थाहा छैन । एकाएक आएर तोडफोड भएको छ,’ उनले भने, ‘पछि रजिस्ट्रार सर म गएर हेर्‍यौं । प्रहरीको टोली पनि आएर अनुसन्धान गरेको छ ।’ तोडफोडपछि रेक्टर कार्यालय ।

    डीन प्रा.डा. शंकर खनालका अनुसार रेक्टर कार्यालय अगाडि डीन कार्यालय तोडफोड गरेका थिए। करिब १० बजेतिर नै डीन कार्यालय तोडफोड भएको थियो । उनिहरुले डिनको  ‘कार्यकक्षमा तोडफोड गर्दै कुर्सी उल्टोपाल्टो पारेको, सिसा फुटाइएको र कागजात छरपस्ट पारिएको छ ।

    तोडफोडबाट शिक्षाध्यक्ष कार्यकक्षको १ थान कुर्सीको भाँच्चिएको, ४ थान टेबुल पल्टाएको, १ थान गमला एवं १ थान डस्टबिन फुटेको छ । विज्ञान संकाय डीनको कार्यकक्षमा टेबलमाथि रहेको सिसा फुटेको र १ थान कुर्सी पल्टाइएको छ । तोडफोडको समयमा डीन खनाल पनि कार्यालय पुगेका थिएनन् । उनी पुग्नुअघि नै तोडफोड गरेका थिए।

    स्रोतका अनुसार उनिहरुले चैत ३, ७ र ११ गतेका एमएस्सी दोस्रो सेमेस्टरको परीक्षा सार्न विद्यार्थीहरूले दबाब दिएका थिए । क्यालेन्डर प्रभावित हुनेगरी परीक्षा सार्न डीन कार्यालयले मानेको थिएन । यही निहुँमा तोडफोड भएको आशंका गरिएको छ । तोडफोडबाट शिक्षाध्यक्ष कार्यकक्षको १ थान घुम्ने कुर्सीको खुट्टा भाँचिएको, ४ थान टेबुल पल्टाएको, १ थान गमला एवं १ थान डस्टबिन फुटेको छ । विज्ञान संकाय डीनको कार्यकक्षमा १ थान टेबल पल्टाएको र उक्त टेबलमाथि रहेको सिसा फुटेको र १ थान कुर्सी पल्टाएको प्रहरीले जनाएको छ ।

    images
    शनिवार, फाल्गुण २४ २०८१०८:१३:२३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार