Aug 14 2026 | २०८३, श्रावण २९ गते

नेविसंघ विवाद: महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा आगजनी

नेविसंघ विवाद: महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा आगजनी

  • 654
    SHARES

  • नेविसंघ विवाद: महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा आगजनी

    फागुन, २८ गते/ विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा आगो लगाएका छन। नेविसंघले आधिकारिक सङ्गठनको देउवा पक्षको मान्यता प्रज्जवल विष्टको समूहलाई दिएपछि अर्को समूह नेविसंघ शेखर कोइराला पक्षले आगो लगाएको हो।

    नेबिसंघको इतर समूह सरोज पोख्रेल पक्षका गुड्डु साहकाे नेतृत्वमा योगराज दाहाल लगायत १२–१४ जनाको समूहले निर्वाचन सम्बन्धी असन्तुष्टि जनाउँदै आगो लगाउनुको साथै स्ववियु निर्वाचन अधिकृत सुशील अधिकारीलाई कोठामै थुनेका थिए ।

    आगलागीका कारण कागजपत्र आगजनी भएको छ। यद्यपि उक्त ताला केही समयपछि प्रहरीले फोडेको छ । 

    images
    बुधवार, फाल्गुण २८ २०८१०२:५९:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार